७१ पाउण्ड रगत झापाबाट काठमाडौ पठाइयो

0
74

सुरुङ्गा ।काठमाडौंमा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौ पठाएको छ ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लाोकराज ढकालका अनुसार वुद्ध एयरको आज बिहान ७ः१५ को फ्लाईट मार्फत रगत काठमाडौं पठाइएको हो ।
सोमवार काठमाडौंमा भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारका लागि रगत अभाव हुन नदिन झापाबाट रगत काठमाडौं पठाइको सभापति ढकालले जानकारी दिनुभयो ।
जेनजी पुस्ताले सोमवार झापामा समेत आन्दोलन गरेका थिए । झापाको दमक र बिर्तामोडमा आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको थियो । सो क्रममा दमकमा केही युवा घाइते भएका थिए भने बिर्तामोडमा जेनजी पुस्ताले बिर्तामोड नगरपालिका तोडफोडको प्रयास गरेका थिए ।
सोमवार साझ जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको पुरानो भवन आगजनी गरेसंगै जिल्ला प्रशासन कार्यालय झापाले सोमवार रातिबाट आज विहान ५ वजे सम्मका लागि दमक र बिर्तामोडका निषेधाज्ञ लगाएको थियो । निषेधाज्ञ आज विहानबाट हटाइएको प्रमुख जिल्ल अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here