बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको झापास्थित निजी निवासमा जेनजी युवा पुस्ताको समूहले तोडफोड सुरु गरेका छन् । 
धुलावारीस्थित शर्माको निवासमा आन्दोलनरत पक्षले तोडफोड गर्दै घर भित्रबाट सामाग्री बाहिर फ्याकी रहेका छन् । उनको घर अगाडि सयौंको संख्यामा प्रर्दशनकारीले नाराजुलुस गरिरहेका छन् भने केही उत्तेजीत युवाहरुले घर भित्र पसेर सामान बाहिर फ्याकेर तोडफोड गरिरहेको दृष्य सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
यसैगरी बिर्तामोडमा आज विहान प्रहरीको गोली लागेर तीन जना घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
गोली लागेका मध्ये एक जनाको नाम खुलेको छैन । प्रहरीको गोली लागेर गोपाल भट्टराई र दिनेश दनुवारको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।






























