झापा । जेन जी पुस्ताको प्रदर्शनका क्रममा देशमा उत्पन्न विषम परिस्थिति र जन- धनको क्षतिप्रती नेपाली काङ्ग्रेस झापाले गहिरो दुख व्यक्त गरेको छ ।

नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेले आज एक बिज्ञपति जारी गर्दै जेन- जी आन्दोलनका नाममा अति सबेदनशिल र महत्वपूर्ण सरकारी भवन, ब्यक्तीका घर, संघ-सस्था र ब्यापारिक प्रतिष्ठानहरुमा गरिएको आगजनी, तोडफोड र कुटपिट एवं राष्ट्रिय क्षतिप्रती दुख व्यक्त गर्नुभएको हो ।
“हिसा, तोडफोड र आगजनीले समृद्ध राष्ट्र निर्माण गर्न सकिन्न” बिग्यप्तीमा भनिएको छ- लोकतान्त्रिक प्रणालीको विकल्प भनेको अझ उन्नत लोकतन्त्र हो । देशमा अहिले लोकतान्त्रिक संविधान छ, संबैधानिक अङ्गहरु क्रियाशिल छ्न । अबको सरकार गठन र निकास पनि संबैधानिक र बिधिको बाटोबाटै हुनेमा हामी बिश्वस्त छौ ।”
प्रदर्शनका क्रममा ज्यान गुमाएका सबैप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरु सबैको शिघ्र स्वास्थ्यलाभको कामना बिग्यप्तीमा गरिएको छ ।
यो विषम परिस्थितिमा आम नागरिक र पार्टीका सबै साथीहरु र भातृ तथा शुभेच्छुक संस्थाहरुमा आवद्ध साथीहरु र आम जिल्लाबासी दाजुभाइ, दिदीबहिनीहरुमा केही समय धैर्य र संयमतापुर्वक शान्ति सुब्यवस्था बनाउन भुमिका निर्वाह गरिरहन आग्रह गर्दै हतास नहुन पनि बिग्यप्तिमार्फत अपिल गरिएको छ
” प्रदर्शनका नाममा पार्टी सभापति शेर बहादुर देउवाको घरमा प्रवेश गरि सांघातिक आक्रमणबाट उहाँ र परराष्ट्र मन्त्री आरजु राणासहित विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र सर्बसाधारणलाइ घाइते बनाउनेहरुको कुकार्यको भत्सना गर्दछौं”- बिग्यप्तिमा भनिएको छ- जेन- जीले उठाएका कतिपय मागहरु जायज भएपनी त्यस क्रममा राष्ट्रिय सुरक्षाका दृष्टीले अति संवेदनशिल मानिएका महत्वपुर्ण तथ्यांक र अभिलेखहरु रहेका सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राष्ट्र बैंक, लगायतका सरकारी भवन, ब्यक्ति, संघ-संस्था र ब्यापारिक प्रतिष्ठानहरुमा आगजनी र तोडफोड गरिनु अत्यन्तै दु:खदायी घटना हो । यस क्रममा हाम्रो पार्टीको केन्द्रीय कार्यालय, जिल्ला पार्टी कार्यालय भवन, क्षेत्र, नगर समितिका भवनहरु र पार्टी नेताहरुका घर, स्थानीय तह र जिल्लास्थित सरकारी कार्यालयहरुमा आगजनी र तोडफोड गरिएका छ्न् । यो घटनाप्रती हामी दु:ख व्यक्त गर्दछौं। र यस्ता घटनाको निन्दा गर्दछौं । “
यस विषम परिस्थितिमा लोकतान्त्रिक पद्धति र प्रक्रियाबाटै राजनीतिक निकास खोज्न आग्रह गर्दै बिग्यप्तिमा लोकतन्त्रलाई मास्ने देशी-बिदेशी षडयन्त्र भए नेपाली कांग्रेस त्यसको बिरुद्ध हुने स्पष्ट पारिएको छ ।































