सुरुङ्गा , झापामा जारी निषेधाज्ञालाई आज बिहान ८ बजेसम्मका लागि केही खुकुलो बनाइएको छ । हिजो अपरान्ह ३ बजेदेखि जारी निषेधाज्ञालाई आज विहान ८ बजेसम्मका लागि अत्यावस्यक सामग्री खरिद गर्नका लागि केही खुकुलो बनाइएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताउनुभयो । उहाँका अनुसार आज विहान ८ बजेपछि निषेधाज्ञा अर्काे सूचना जारी नभएसम्म कफ्र्यू जारी रहने छ ।
जेन–जी पुस्ताको आन्दोलन समाप्त भएपछि केही अराजक तत्वले सार्वजनिक र निजी सम्पत्ति तोडफोड,आगजनी र लुटपाटको प्रयास भएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले थप कडाइका साथ निषेधाज्ञा जारी गरेको छ ।
जिल्लामा शान्ति सुव्यवस्था कायम गरी जनजीवन सामान्य बनाउन २४ गते बेलुका १० बजेबाट स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको कफ्र्यूलाई थप कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको कफ्र्यू आदेशमा अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र निस्कनै पर्ने काम भएमा सुरक्षाकर्मीसंग सम्पर्क गरी अनुमति लिएर मात्र निस्कन भनिएको छ । जारी आदेशको उल्लङ्घन गरे सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिन र आवश्यक परे गोली समेत चलाउन सक्ने उल्लेख छ ।–––































