श्रीमतीलाई परपुरुषसंग रंगेहात भेटेको भन्दै ज्ञावालीले घरैमा छप्क्याए मोहमदलाई

0
905

झापा, झापामा एक व्यक्तिको हत्या भएको छ । मेचीनगर ७ गैरीगाउँ निवासी ५० वर्षीय नारायण ज्ञावालीले दुवागढी निवासी ४० वर्षीय फौमोदिन मोहमदको धारिलो हतियार प्रहार गरी गएराति हत्या गरेका हुन् ।


जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्काका अनुसार ज्ञावालीले आफ्नै घरमा ३७ वर्षीया श्रीमती सुजता ज्ञावालीसंग मोहमदलाई राति भेटेपछि उनी माथि धारिलो हतियार प्रयोग भएको थियो ।
दुई बजे राति श्रीमतीसंग कोठामा भेटिएका मोहमदलाई ज्ञावालीले धारिलो हतियार चक्कुले टाउको तथा पेटमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोहमदको हत्यापछि ज्ञावाली आफैंले प्रहरी समक्ष आत्मसमपर्ण गर्दै श्रीमतीलाई परपुरुषसंग रंगेहात भेटेको र उनको हत्या गरेको स्वीकार गरेका थिए ।
घटना थाहा पाए लगत्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक राजकुमार कार्कीको नेतृत्वमा गएको प्रहरीको टोलीले मृतकको शव पोष्टमाटमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएको र ज्ञावालीकी श्रीमती सुजतालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here