झापा , जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा झपााबाट ९२ जना थुनुवा भागेका छन् । विभिन्न अपराधमा सम्लग्न भएको र अनुसन्धानमा रहेका ९२ जना थुनुवा गत भदौ २४ गते भएको आन्दोलनका क्रममा भागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्काका अनुसार इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, इलाका प्रहरी कार्यालय अनारमनीबाट ३६ जना र इलाका प्रहरी कार्यालय झिलझिलेबाट ५ जना गरी ९२ जना थुनुवा भागेका हुन् ।
आन्दोलनका क्रममा तीन वटै कार्यालयका प्रहरीहरुलाई नियन्त्रणमा लिएपछि थुनुवा भागेका थिए । आन्दोलनमा सम्लग्नहरुले प्रहरी कार्यालयमा समेत तोडफोड र आगजनी गरेका थिए ।






























