झापा । जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा झापाको दमकमा रहेको भाटभटेनी सुपर मार्केटमा समेत आगजनी गरिएको थियो । दुई दिनसम्म आगो नियन्त्रणमा नआएपछि नेपाली सेनाले आजबाट आगो नियन्त्रणको काम शुरु गरेको छ ।
झापाको बिर्तामोडमा सञ्चालित भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा लिएपछि नेपाली सेनाले दमकस्थित भाटभटेनीमा लागेको आगो नियन्त्रणका लागि काम शुरु गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।
आगलागी नियन्त्रणका लागि कमल गाउँपालिका र उर्लावारी नगरपालिकाको वारुणयत्र पठाइएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो ।































