माओवादी झापाले भन्योः जेनजीको आन्दोलनप्रति समर्थन छ, प्रतिगमनविरुद्ध एकजुट होऔं

0
95

नागरिक सुरक्षा दस्ता तयार गरी खटिन अपिल
बिर्तामोड, भदौ २६ । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) केन्द्र झापाले जेन–जीको आन्दोलनप्रति समर्थन गर्दै संभावित प्रतिगमनविरुद्ध एकजुट हुन अपिल गरेको छ ।
माओवादी झापाको तर्फबाट संयोजक राजु आचार्य अग्नीले आज विहीबार विज्ञप्ति जारी गरी जेन–जी पुस्ताको माग अनुसार उन्नत लोकतन्त्र र सुदृढ गणन्त्रको पुनः अभ्यासमा जानु नै अहिलेको निकास हो भनेका छन् । पाँच बुँदामा वर्तमान परिस्थितिबारे माओवादी झापाले आफ्नो धारण सार्वजनिक गरेको हो ।
‘संक्रमणकालिन परिस्थितिको फाईदा उठाउँदै धमिलो पानीमा माछा मार्ने प्रतिगामी षड्यन्त्र विरुद्ध सचेत रहदै एकजुट भएर अघि बढ्न शान्ति, संविधान र गणतन्त्र पक्षधर सम्पूर्ण शक्ति र आम झापाली दाजुभाई दिदी बहीनी समक्ष हामी अपिल गर्दछौँ’– विज्ञप्तिमा भनिएको छ ।
जेनजी पुस्ताले भने बमोजिम संवैधानिक सर्वोच्चता कायम राखी स्वतन्त्र व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गरी शान्ती सुरक्षाको प्रत्याभुत दिलाउन माओवादीले माग गरेको छ ।
प्रतिकूल परिस्थितिमा पनि भविष्यप्रति आशावादी रहदै विचलित नभई टोल – टोलमा नागरिकको सुरक्षाको लागि नागरिक सुरक्षा दस्ता तयार गरी जिउधनको सुरक्षाको लागि खटिन र तल्लिन रहन आम पार्टी पंक्ति , संविधान र गणतन्त्र पक्षधर सवैसंग माओवादी झापाले आग्रह गरेको छ ।
यस्तो छ विज्ञप्ति ः
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति झापा
जेन – जी पुस्ताका यूवाहरु तथा आदारणिय जनसमूदाय

भ्रष्टाचार मूक्त उन्नत लोकतन्त्रको सपना बोकेर शुसासनको पक्षमा जन–जी पुस्ताले अव्हान गरेको आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण यूवाहरुमा भावपूर्ण श्रद्धान्जली तथा परिवार जनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।

ज्ञ। भ्रष्टाचार विरुद्ध शुसासन, सामाजिक न्याय समृद्धिका पक्षमा नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्रले चालेको कदमबाट आत्तिएर स्वार्थ सुमूहको सेवा गर्न भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले गठित के.पी. ओली नेतृत्वको जनविरोधी हर्कतका कारण, जनताको आक्रोशले चरम रुप लियो । जेन–जी पुस्ताका यूवाहरुको आवाजलाई बर्बर तारकाले कुल्चिन के.पी. ओली नेतृत्वको सरकारले भयानक नरसंहार मच्चायो । भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा जेन–जी पुस्ताले सुरु गरेको आन्दोलन सहि थियो । तर त्यसमाथि सरकारले पहिलो दिन नै बर्बर नरसंहार ग¥यो । जेन–जी पुस्ताले चलाएको आन्दोलनको नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) केन्द्र झापा समर्थन व्यक्त गर्दछ ।
द्द। आन्दोलनको दोस्रो दिन व्यावस्थापिका संसद भवन, राष्ट्रपति निवास, सिंहदरवार, सर्वोच्च अदालत , अख्तियार सुरक्षा निकायका कायर्यालयहरु झपामा पनि नगरपालिका र वडाकार्यालयहरु, प्रहरी कार्यालयहरु लगायत दर्जनौ सार्वजनिक संरचना, राजनीतिक दलका कार्यालय, नीजि आवास, होटल बैँक र विभिन्न व्यावसायीक भवनहरूमा भएको तोडफोड आगजनी, लुटपाट एवं राजनीतिक व्यक्तिहरू माथि भएको आक्रमण र खरवैँ रकम बराबरको धनजनको क्षति भएको प्रति हाम्रो पार्टी खेद व्यक्त गर्दछ । उक्त अपराधिक घटनाहरु जैन–जी पुस्ताको आदर्श अनुरूप भएको हैन र उनिहरूले यस्तो कार्य गरेको हैन भन्ने हाम्रो पार्टीको ठहर छ । हामी आन्दोलनमा भएको बर्बर दमन, नरसंहार एवं लुटपाट र आगजनीका घटनाको उच्चस्तरिय न्यायिक छानविनको माग गर्दछौ ।
घ। जेन – जी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत. लोकतन्त्रको माग गरेको छ । यो स्थितिमा आन्दोलन भित्र घुसेर प्रतिगामी तत्वहरूले तोडफोड, आगजनी विध्वसंमार्फत बलिदानीको संघर्षबाट उपलब्धीहरुलाई उल्ट्याउने धृष्टता गरिरहेका छन् । लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, र गणतन्त्रको विकल्पमा अझ सुदृढ गणतन्त्रनै हो भन्ने हाम्रो स्प्रष्ट धारणा रहेको छ । जेन जी पुस्ताको माग न लोकतान्त्रिक व्यावस्था र संविधान विरुद्ध थियो न संसद विघटनको पक्षमा नै । जेन – जी पुस्ताले उठाएको मागहरु, वर्तमान संविधान र गणतान्त्रिक व्यावस्थाबाटनै पुरा हुन सक्छन भन्नै हाम्रो पार्टीको मत रहेको छ ।
द्ध। जेन–जी पुस्ताले उठाएको माग संवोधन हुने गरी वहाँहरूको विश्वास र समर्थनमा अविलम्ब अन्तरिम सरकारको गठन गरी उक्त अन्तरिम सरकार मार्फत ताजा जनादेशमा जानुपर्ने हाम्रो ठहर छ । अहिलेको संक्रमणकालिन अवस्थाको निकास संविधान सम्मत तरिकाले खोज्न र संविधानको अभ्यासका क्रममा देखिएका त्रुटीहरु जेन–जी पुस्ताको माग अनुसार संशोधन गरी उन्नत लोकतन्त्र र सुदृढ गणन्त्रको पुनः अभ्यासमा जानु नै अहिलेको निकास हो । कुनैपनि प्रकारको प्रतिगामी हर्कत हामीलाई स्विकार्य हुने छैन ।
छ। संक्रमणकालिन परिस्थितिको फाईदा उठाउँदै धमिलो पानीमा माछा मार्ने प्रतिगामी षड्यन्त्र विरुद्ध सचेत रहदै एकजुट भएर अघि बढ्न शान्ती, संविधान र गणतन्त्र पक्षधर सम्पूर्ण शक्ति र आम झापाली दाजुभाई दिदी बहीनी समक्ष हामी अपिल गर्दछौँ ।
र अन्त्यमा जैन जी पुस्ताले भने बमोजिम संवैधानिक सर्वोच्चता कायम राखी स्वतन्त्र व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गरि शान्ती सुरक्षाको प्रत्याभुत दिलाउन हामी, सम्वद्ध पक्षसंग जोडदार माग गर्दछौ । साथै प्रतिकुल परिस्थितिमा पनि भविष्यप्रति आशावादी रहदै विचलित नभई टोल – टोलमा नागरिकको सुरक्षाको लागी नागरिक सुरक्षा दस्ता तयार गरि जिउधनको सुरक्षाको लागी खटिन र तल्लिन रहन आम पार्टी पङ्गती र संविधान र गणतन्त्र पक्षधर सवैसंग हामी जोडदार अपिल गर्दछौ ।

राजु आचार्य (अग्नि)
संयोजक
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)
जिल्ला समन्वय समिति झापा

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here