एनवाइइएफ झापा च्याप्टरद्वारा इलका प्रहरी कार्यालय अनारमनी पुर्नःनिर्माणका लागि आर्थिक सहयोगको घोषणा

0
105

बिर्तामोड ।

झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनी पुर्नःनिर्माणका लागि सहयोग जुट्न शुरु भएको छ ।

जेनजी आन्दोलनका क्रममा आगलागीले क्षति पुर्‍याएको इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा बिर्तामोड क्षेत्रमा रहेका प्रहरी चौकी पुर्नःनिर्माणका लाग सहयोग जुटन शुरु भएको हो ।

यसैक्रममा एनवाइइएफ झापा च्याप्टर नामक युवाका उद्यमीहरूले एक लाख ११ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको अध्यक्ष गणेश पौडेलले जानकारी दिए ।

शान्ति सुरक्षाका लागि प्रहरी आवश्यक पर्ने र कुनै पनि घटना भएमा सबैभन्दा पहिला प्रहरी समक्ष पुग्नुपर्ने भएकाले प्रहरीको उपस्थिती विना समाज शान्त रहन नसक्ने भएकाले अभियान शुरु गरिएको बताइएको छ । यस अभियानले बिर्तामोडका सबै बासिन्दालाई आवश्यक सेवाहरू पुनःस्थापना गर्न र सुरक्षित वातावरण सुनिश्चित गर्न स्थानीय जनसमुदाय र संस्थाहरूबीचको सहकार्यलाई प्रस्ट रूपमा देखाएको छ।

युवा उद्यमीहरूको अगुवाइमा रहेको एनवाइइएफ झापा च्याप्टर प्रगति, सुरक्षा र समुदाय विकासका अभियानमा निरन्तर सक्रिय रहँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here