बिर्तामोडमा जेजनीको आन्दोलनमा मृत्यु हुनेको संख्या तीन पुग्यो

0
268

बिर्तामोड ।

 

जेनजीको आन्दोलनका क्रममा बिर्तामोडमा प्रहरीको गोली लागेर घाइते भएका अर्का प्रदर्शनकारीको पनि मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी रहेका छन् । बीएण्डसी अस्पतालमा उपचाररत उनको आज दिउँसो मृत्यु भएको परिवारजनले जनाएका छन् ।

यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोड अगाडि भएको झडपमा पाँचथरको हिलिहाङ–२ घर भई बिर्तामोड–१० मा बस्दै आएका अन्दाजी ३५ वर्षीय कमल भण्डारी र अर्जुनधारा नगरपालिका–११ का २८ वर्षका गोपाल सेढाईको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here