झापामा लगाइएको कर्फ्यू पूर्ण रुपमा हट्यो

0
71

झापा ।

झापा जिल्लामा लगाइएको कर्फ्यू पूर्ण रुपमा हटाइएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार गत भाद्र २३ र २४ गतेको जेनजी नेतृत्वको आन्दोलन पश्चात् जिल्लाको शान्ति सुव्यवस्था कायम गरी जनजीवन सामान्य बन्दै गएकोले अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाभर लगाइएको कर्फ्यू पूर्ण रुपमा हटाएको बताए ।

दुई दिनको हिंसात्मक आन्दोलन पश्चात् प्रशासनले आज बिहान ६ बजेसम्म जिल्लामा कर्फ्यु लगाएको थियो । कर्फ्यु हटेसंगै झापाको जनजीवन सामान्य बन्दै गएको छ । झापाका कांकरभिट्ट, बिर्तामोड, दमक, भद्रपुर लगायतका सबै शहरहरु खुल्न थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here