झुम्का कारागारबाट भागेका एक कैदी झापामा पक्राउ

0
96

झापा ।

सुनसरीको झुम्का कारागारबाट भागेका एक कैदी झापामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सहकारी कसुर ठगीमा झुम्का कारागारमा कैद सजाय भुक्तान गरिरहेका भोजपुर जिल्ला च्याङ्ग्रे घर भई हाल धरान-१५ त्रिबेणी चोक बस्ने अन्दाजी ५६ वर्षीय कृष्णबहादुर विश्वकर्मा रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल बिओपी कुञ्जीबारीबाट खटिएको गस्ती टोलीले उनलाई गौरीगञ्ज गाउँपालिका-१ स्थित कुञ्जीबारी इलाकामा गस्ती गर्ने क्रममा पक्राउ गरेको थियो । सशस्त्रले उनलाई आवश्यक कारबाहीको लागि प्रहरी चौकी कोरोबारीमा बुझाइएको छ।

यसअघि काठमाडौँ कारागारबाट भागेका दुईजना कैदी झापाको सीमावर्ती क्षेत्रमा पक्राउ परेका थिए । लागूऔषध ओसारपसार कसुरमा दोषी ठहरिएर काठमाडौँस्थित सुन्धारा कारागारमा कैद सजाय भुक्तान गरिरहेकी झापा गौरीगञ्ज गाउँपालिका-६ खजुरगाछी घर भएकी ५० वर्षीया अञ्जली खातुन र लागूऔषधको अभियोगमा कैद सजाय भुक्तान गरिरहेका मोरङ विराटनगर- ३ का सुरज कामत पक्राउ परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here