झापा । नेकपा (माओवादी केन्द्र) झापा जिल्ला सह इन्चार्ज सीपी कडरियालाई पितृ शोक परेको छ । नेकपा (माओवादी केन्द्र) प्रदेश सचिवालय सदस्य समेत रहेका कडरियाका पिता टिकाराम कडरियाको निधनभएसंगै कडरिया परिवारमा शोक परेको हो ।
२००३ साल बैशाख २६ गते ताप्लेजुङको आङकोकमा जन्मिएका कडरियाले उमादेवी कडरियासँग विवाह गरेका थिए । कडरियाका दुई छोरा–बुहारीहरु कमल–अनुराधा कडरिया र सिपी–निर्मला कडरियो रहेका छन् भने छोरी तारा, उर्मिला, चन्द्रकला, विमला, सीता, निरु, दिपा कडरिया रहेका छन् ।
२०६५ सालदेखि झापामा बसोबास गर्दै आएका कडरियाका छोरा सिपी नेकपा माओवादी केन्द्रको विभिन्न जिम्मेवारीमा रहेका छन् । त्यस्तै अर्का छोरा कमल पार्टीको बिर्तामोड नगर सह–इञ्चार्ज तथा नाति प्रज्ज्वल बिर्तामोड नगरको कोषाध्यक्ष रहेका छन् ।
स्व. कडरियाको कनकाई माईमा अन्त्येष्टी गरिएको छ । कडरियाको निधनसँगै नेकपा माओवादी केन्द्रको बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । विद्यार्थी संगठनका अध्यक्ष चन्द्र माङ्गमु र सचिव नयन राईले श्रद्धाञ्जली व्यक्त गरेका हुन् । यो सँगै पार्टीका विभिन्न संगठनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै समवेदना व्यक्त गरेका छन् ।































