कमल ।

झापाको कमल गाउँपालिकामा आज (सोमवार) देखी सम्पुर्ण सेवा नियमित रुपमा सञ्चालनमा आएको छ ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण बन्द भएको सेवा सोमबार देखी पुर्ण रुपमा सन्चालनमा आएको छ । जेनजी आन्दोलनका कारण देशभर ठुलो क्षती भै रहँदा कमल गाउँपालिकामा भने सामान्य क्षती भएकोले गर्दा नियमित रुपमा सेवा सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनुभयो ।
जेजनी आन्दोलनका क्रममा गाउँपालिकाको वडा नमबर १ र ७ मा समान्य क्षती भएको तर पालिका र अन्य वडामा कुनै पनि क्षती नभएकोले समेत नागरिकलाई नियमित सेवा दिन सकिएको अध्यक्ष राईले बताउनु भयो ।
हिजो भदौ २९ गते आईतवार झापाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा झापाका १५ वटै स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृत हरुको मिटिङले सम्भव भएसम्म नागरिकलाई नियमित सेवा प्रदान गर्ने भन्ने निर्णय भए बमोजिम आज बाट कमल गाउँपालिका लगायत मातहतका सम्पुर्ण सेवा सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत केशव कुमार ढकालले बताउनुभयो ।































