हेम-सरिता पाठक फाउण्डेशनद्वारा भ्रष्टाचारीलाई कारबाहीको माग

0
58

काठमाडौं ।

‘जे–नजी’ पुस्ताले मुलुकमा व्याप्त चरम भ्रष्टाचार, बेथिति, अनियमितता र परिवारवादका विरुद्ध गरेको आन्दोलनको परिणाम स्वरूप अन्तरिम सरकारको निर्माण र संसद् विघटन गरिएकोमा ‘हेम-सरिता पाठक फाउण्डेशन’ले उक्त कार्यको स्वागत गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

फाउण्डेशनको हालै आयोजित भेलाले आन्दोलनमा सहादत प्राप्त गर्ने आन्दोलनकारीप्रति सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

गीत, कविता, पत्रकारिता, शिक्षा र सचेतनामूलक कार्यक्रममार्फत सुशासनका लागि सन् २०११ देखि भ्रष्टाचारविरुद्धका विभिन्न अभियान सञ्चालन गर्दै आएको फाउण्डेशनले विसं २०४६ सालपछि सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन गरेर तिनले भ्रष्टाचारबाट कमाएको अकुत सम्पत्ति जफत गरी कानुनी कारबाही गर्नुपर्ने र जफत सम्पत्ति शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा लगानी गर्नुपर्ने उल्लेख गरेको छ ।

हाल देशमा चर्चामा आएका बिचौलिया, दलाल र अप्रत्याशित रूपमा समाजमा धनी देखिएकाको सम्पत्तिमाथि छानविन गर्दै नेपाली जनताको आम्दानीलाई आधारमानी न्यूनतम आय भएका नागरिकलाई शिक्षा र स्वास्थ्य निःशुल्क उपलब्ध गरिनुपर्नेमा फाउण्डेशनले विशेष जोड दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here