झापामा तीन वटा पालिकामा आजराति पनि निषेधाज्ञा निरन्तर

0
74

झापा,  शान्ति सुरक्षालाई मध्यनजर गर्दै झापामा अझैंपनि निषेधाज्ञा जारी छ ।
बिर्तामोड, दमक र भद्रपुरको केही भागमा रातको समयमा निषेधाज्ञा जारी नै रहेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

सर्वसाधारणको जीउधन तथा सार्वजनिक सम्पत्तिको सुरक्षा साथै शान्ति सुव्यवस्था र अमनचयन कायम राख्न बेलुका ८ बजेदेखि विहान ४ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेर निषेधाज्ञा लगाइएको हो ।
निषेधाज्ञा बिर्तामोड र दमक नगर क्षेत्रभर राति कायम रहन्छ भने भद्रपुरमा पूर्वमा चन्द्रगढी एयरपोटएसम्म पश्चिममा लेखनाथचोकसम्म उत्तरमा धनुषमोडसम्म र दक्षिणमा राष्ट्रिय वाणिज्य बैंकसम्म जारी रहने प्रजिअ अधिकारीले बताए ।
पूर्व पश्चिम राजमार्ग भई गुड्ने लामो दुरीका सवारीसाधनमा आवागमनमा यो आदेशले वाधा नगर्ने प्रजिअ अधिकारीले बताए ।

आदेशको बर्खिलाप गरी उक्त क्षेत्रमा उल्लेखित समयमा विना स्वीकृति पाँच जना भन्दा बढी व्यक्ति आवात जावत गरेमा वा भेला भएमा कानून बमोजिम कारवाही हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here