झापा, झापाको शिवसताक्षी नगरपालिका ६ धैलेचोक निवासी लक्ष्मीप्रसाद भण्डारीले सहयोगको अपिल गरेका छन् ।

आफूलाई ब्लड क्यान्सर भएको र उपचार गर्न खर्च अभाव भएको भन्दै उनले सहयोगको अपिल गरेका हुन् ।
बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचाररत भण्डारीले आफ्नो उपचारका लागि हालसम्म चारलाख रुपैयाँ बरावर खर्च भइसकेको र थप उपचारका लागि रकम नभएको भन्दै उनले सहयोगका लागि अपिल गरेका हुन् ।
खेतीपाती गर्दै घर व्यवहार चलाउँदै आएको थिए भण्डारीले भने – अहिले सबै सकियो अब उपचार गर्ने पैसा छैन । अझैं चारलाख बढी खर्च लाग्छ भनेको छ । कसरी उपचार गर्ने उनले प्रतिप्रश्न गर्दै उपचार खर्च जुटाइदिन आग्रह गरेका छन् ।
एक सय एक वर्षीया आमा साथमै रहेको र उहाँको पनि हेरचाह गर्नु पर्छ भण्डारीले भने – आउने बाटो केही छैन । अस्पताल आउनासाथ पैसा चाहिन्छ । अब पैसा कसरी जुटाउने कुनै विकल्प नभएपछि सहयोगको अपेक्षा गरेको हुँ ।
पूर्वाञ्चल क्यान्सर अस्पतालमा रोग पत्ता लगाउन नै एक लाख ३० हजार रुपैयाँ सकिएको बताएका भण्डारीले सरकारबाट पाउने एक लाख सहयोग रकम समेत सकिएको बताए । सात पटक औषधि लगाउँदा एउटा केमाको डोज पुग्दो रहेछ भण्डारीले भने – हालसम्म दुई वटा मात्र केमो चढाएको छ । अझैं चार वटा केमो चढाउन बाँकी रहेकाले रकमको अति आवश्यक छ ।
वुहारी कविता घिमिरे भण्डारीका साथ पूर्वाञ्चल दैनिकको कार्यालय आएर सहयोगको अपिल गरेका भण्डारीले आफूलाई कसैले सहयोग गर्न चाहे नवील बैंक दमक शाखाको २२१००१७५०६७६० खाता नम्वरमा रकम जम्मा गरिदिन र सम्पर्क गर्न चाँहे ९८६१४२९१५२ मा कल गर्न सकिने भण्डारीले बताएका छन् ।




























