कजारियाको नयाँ शोरूम दमकमा

0
504

झापा।

अग्रणी टाइल ब्रान्ड कजारियाले झापाको दमकमा अत्याधुनिक शोरूम उद्घाटनमार्फत नेपालभरि आफ्नो उपस्थितिलाई थप सुदृढ गरेको छ ।

न्यू कोहिनूर ग्रेनाइट एण्ड टाइल्सद्वारा सञ्चालित यस नयाँ शोरूमले उच्चस्तरीय टाइलको बढ्दो माग पूर्ति गर्नुका साथै ग्राहकहरूलाई एक समकालीन, डिजाइन केन्द्रित खरिद अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथि दमक नगरपालिकाका मेयर रामकुमार थापाद्वारा रिबन काट्दै नेपालमा कजारियाको यो नयाँ अध्यायको औपचारिक सुरुवात गरिएको हो।

कार्यक्रममा कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालसमेत उपस्थित थिए । मिस नेपाल वल्र्ड २०२५ लुना लुइटेल र मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारीको उपस्थितिले कार्यक्रमलाई थप ऊर्जा दिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै, मेयर थापाले भने, “यो शोरूम भनेको गुणस्तर र डिजाइनले कसरी हाम्रो घर र समुदायलाई रूपान्तरण गर्न सक्छ भन्ने उत्कृष्ट उदाहरण हो। हामी दमकमा कजारियाको लगानीलाई स्वागत गर्दछौं, र यो शोरूमले हाम्रो क्षेत्रमा आन्तरिक सजावट समाधानहरूको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने मलाई विश्वास छ।”

साथै कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक अग्रवालले कजारियाको ग्राहक–केन्द्रित दृष्टिकोणका बारेमा प्रकाश पार्दै भने “कजारियामा हाम्रो लक्ष्य सधैं अन्तर्राष्ट्रिय स्तरको गुणस्तर र डिजाइनलाई सबैको पहुँचमा ल्याउनु हो। यो शोरूम प्रेरणादायी बनाउने उद्देश्यले निर्माण गरिएको हो, जसले दमकका ग्राहकहरूलाई नवीन, टिकाउ र स्टाइलिश टाइलहरूको विस्तृत चयनसँग प्रत्यक्ष जोड्ने छ।”

कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ। विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित कजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ४ हजारभन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गरेको छ ।

नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र सयभन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ। कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स (६०x१२० सेमी, ६०x ६० सेमी, १९.५x१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स (४०x४० सेमी) र सिरामिकवाल टाइल्स (३०x६० सेमी, ३०x४५ सेमी) उपलब्ध गराउँछ।

यी सबै टायलहरू जलप्रतिरोधी तथा दागप्रतिरोधी छन्, जसले कुनै पनि स्थानका लागि उत्कृष्ट टिकाउपन र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ। गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै, कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here