फाकफोकथुममा शैक्षिक सामग्री वितरण

0
36

इलाम,

संविधान दिवशकाे अवसर पारेर नेपाल निजामती कर्मचारी सङ्गठन फाकफाेकथुम गाँउपालिका कार्य समितिले शैक्षिक साम्रागि बितरण गरेको छ।

कालिकादेबि आधारभुत बिधालय फाकफाेकथुम-३ का बिधार्थीहरुलाई वितरण गरिएको सामाग्रीहरुमा झाेला, बलपेन, पेनसिल, कपि लगायत रहेको संगठनका विमल घिमिरेले जानकारी दिनुभयो।बिधालयका २० जना बिधार्थीलाई करिब ३० हजार मुल्य बराबरको सामाग्री वितरण गरिएको थियो।

आयोजक संगठनका अध्यक्ष दिपक राईको अध्यक्षता, सचिव विमल घिमिरेको सञ्चालन र सदस्य खगेन्द्र निरौलाले स्वागत गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि गाँउपालिका अध्यक्ष दिपेन्द्र खनाल, विशेष अतिथि वडा अध्यक्ष दिपेन्द्र लिम्बू , विधालय ब्यवस्थापन समितिका अध्यक्ष बलबीर थेगिम, प्रधानाध्यापक कृष्णप्रसाद खनाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here