इलाम,

जेनजी आन्दोलनको नाममा गत भाद्र २४ गते माई नगरपालिका आगजनी र तोडफोडका समयमा माई नगरपालिकाबाट लगिएको एक थान ल्यापटप विहिबार फिर्ता आएको छ।
झापा अर्जुनधाराका एक १४ बर्षका वालकले लगेको थाहा भएपछि माई नगरपालिका राष्ट्रिय युवा संघ अध्यक्ष कुमार लिम्बूले वालकलाई फकाएर समन्वय गरि ल्यापटप फिर्ता ल्याईएको हो ।
फिर्ता आएको ल्यापटप विहिबार नै माई नगरपालिका जिन्सी शाखामा बुझाईएको छ।





























