हरियाली सामुदायिक वन उपभोक्ता समूहको २०औँ वार्षिक साधारण सभा

0
60

पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरे वडा नं. १ र २ को हरियाली सामुदायिक वन उपभोक्ता समूहको २० औं साधारणसभा सम्पन्न भएको छ।

वैज्ञानिक वन उपभोक्ता महासंघ केन्द्रिय कोषाध्यक्ष प्रकाश पौडेलले सो वन उपभोक्ता समुहको २० औं नियमित चुनावी वार्षिक साधारण सभाको २० वटा दीप प्रज्ज्वलन तथा व्यानर पढेर समुद्घाटन गर्नुभएको थियो।

उपभोक्ता समितिको तर्फबाट अध्यक्ष काबुल बहादुर मगरले संक्षिप्त मन्तव्य राख्नु हुँदै उक्त सभामा दिगो वन व्यवस्थापन कार्ययोजना तयार गर्ने, अति विपन्न उपभोक्ता सदस्य पहिचान गरी स्वास्थ्य बीमा गराउने, हरियाली सामुदायिक वन उपभोक्ता समूह र हरियाली सामुदायिक वन लिमिटेड बीचको रणनीतिक योजना बनाउने, हरेक वर्ष यस समूहले हरियाली सामुदायिक वन लिमिटेडसँग कबुल गरेको सेयर खरिद गर्दै जाने, हरियाली पार्कको डिपिआर मा उल्लेखित संरचनाहरू प्रचलित कानुनमा रही पर्य पर्यटन विकासका लागि आवश्यक आधारभूत संरचनाहरू निर्माण गरी कम्पनीलाई सञ्चालन गर्न दिने लगायतका विभिन्न योजनाहरु पेश गर्नुभएको थियो।

उपभोक्ता समितिको तर्फबाट सचिव निर्मला चौहानले अब २०८१/०८२ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/० ८३ को प्रस्तावित भावी कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो। सोहि सभामा समितिकी कोषाध्यक्ष कमला लिम्बुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्य समितिका तर्फबाट आन्तरिक लेखा तथा सुपरिवेक्षण समिति संयोजक रमेश दाहालले आर्थिक वर्ष २०८१/०८२ का लागि आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

सोहि सभामा उक्त वन उपभोक्ता समूहको उन्नति प्रगतिका लागि पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै पथरी शनिश्चरे वडा नं २ का ९२ वर्षीय फुन्तीराम दर्जीलाई सम्मानित गरिएको थियो।

उक्त सभामा सब डिभिजन कार्यालय पथरीका प्रमुख कृष्ण चौङवाङ, इलाका प्रहरी कार्यालय पथरिका डिएसपी तुलसीराम अर्याल, चौतारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टंक कन्दङवा, सुन्दर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर गुरुङ, शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिनेश राई र मनकामना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष उदय राई लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here