म प्रहरी मेरो कर्तव्य

0
69

मैले दशै नमानेर के भयो त ।
कैयौं लाई दशै मान्ने अवसर दिएको छु ।।

मैले पुजा नगरेर के भयो त ।
कैयौं मन्दिरमा पुजाको लाइन मिलाएको छु ।।

मैले पित्री श्राद्द नगरेर के भयो त ।
कैयौंपटक तिर्थ धाममा डिउटी मिलाएको छु ।।

मैले आमालाई फरिया नकिनिदिएर के भयो त ।
कयौंपटक गरिव दुखिलाइ न्यानो लुगा बाढेको छु ।।

मैले पिताजीको अन्तिम सासमा साथ नदिएर के भो त ।
कैयौं घटना बाट उद्दार गरी नागरिक लाई ज्यान बचाएको छु ।।

मैले गाडी किन्न नसकेर के भयो त ।
धेरै महङ्गा गाडी धनीलाई ब्यावस्थापन को नियम सिकाएको छु ।।

मलाई ढुङाले हानेर खोलामा लखेट्दा के भयो त ।
त्यही खोलाले नागरिक बगाउँदा उद्दार गर्न आएको छु ।।

मेरो बासस्थान जलाउदा के भयो त ।
अरुको जल्दैगर्दा दमकल साथ आएको छु ।।

शिव शर्मा धिमाल
प्रहरी नायब निरीक्षक
जिल्ला प्रहरी कार्यालय, सुनसरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here