चुलाचुलीमा बालक्लवद्वारा उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मान

0
50

चुलाचुली ।

इलामको चुलाचुली ४ मा रहेको साथी साथी बाल क्लबले उत्कृष्ट विध्यार्थीलाई सम्मान गरेको छ ।

गाउँपालिकाको वडा नम्वर ४ स्थित श्री बालज्योती माध्यमिक बिद्यालयमा रहेको साथी साथी बाल क्लबले एसइइ परिक्षा २०८१ मा गाउँपालिका मै प्रथम छात्रा छात्र तथा कक्षा १२ मा बिद्यालय प्रथम र एसइइ परिक्षा २०८१ मा बिद्यालय प्रथम द्वतियलाई सम्मान गरेको हो ।

६१ औ बाल दिवस अवसरमा सञ्चालित सप्ताह कार्यक्रमको समापनका अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट विध्यार्थी तर्फ सम्मानित हुनेमा जनता माध्यमिक बिद्यालयकी छात्रा कृष्टिना पौठाक तथा द्वतियहुने सोही बिद्यलालयका छात्र प्रदिप दहाल लाई नगद सहित सम्मान पत्रद्वारा गाउँपालिका उपाध्यक्ष दिलकुमारी लिम्बू, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रिता पोख्रेल र विद्यालयमा प्रधानाध्यापक रुद्र गिरी लगायतले सम्मान गर्नु भएको थियो ।

त्यसैगरी बालज्योती माध्यमिक बिद्यालय बाट प्रथम हुने सरोज रसाइली नगर १५ हजार र द्वतिय महेश बिश्वकमा लाई नगद १० हजार सहित सम्मान पत्र द्वारा सम्मान गरिएको थियो । विद्यार्थीहरुकै छनौटमा बर्ष उत्कृष्ट बाल मैत्री शिक्षकका रुपमा सोही बिद्यालयका शिक्षक जेम्स लिम्बू र मोहन कुमार भण्डारी लाई उत्कृष्ट बालमैत्री शिक्षकका रुपमा सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here