शान्ति सुरक्षा कायम गर्ने र सेवा प्रवाह सुचारु गर्ने प्रतिबद्धता

0
98

बिर्तामोड ।

जेनजी आन्दोलनपछि समाजमा शान्ति सुरक्षा कायम गर्न र हाल बन्द रहेको सेवा प्रवाह सुचारु गर्न सरोकारवालाले प्रतिवद्धता व्यक्त गरेका छन् ।

मंगलवार बिर्तामोडमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीसहति सुरक्षा निकायका प्रमुख नागरिक समाज, निजी क्षेत्र, अधिकारकर्मी तथा सञ्चारकर्मीबीच भएको बैठकमा यस्तो प्रतिवद्धता जनाइएको हो । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति सहज बनाउँदै शान्ति स्थापना र बैकल्पिक व्यवस्था गरी सेवा प्रवाह सुचारु गर्न सबै पक्षले सहयोग गर्ने बैठकमा प्रतिवद्धता जनाइयो । अहिले शान्ति सुरक्षा पहिलो प्राथमिकता भएकाले सबै पक्ष जिम्वेवार बन्नु पर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश सहभागीले जेनजी आन्दोलन र त्यसपछिको उत्पन्न परिस्थितिका विषयमा धारणा राख्दै सुरक्षा विना कुनैपनि क्षेत्र अगाडि बढ्न नसक्ने भएकाले शान्ति सुरक्षा नै पहिलो दायित्व भएको बताएका हुन् । झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले सुशासनको माग गरेर गरिएको आन्दोलनले अर्कै मोड लिएपनि त्यसपछि उत्पन्न परिस्थितिका विषयमा नागरिक समाजका तर्फबाट गरिएको प्रयास सह्राहनीय रहेको बताए । उनले अहिले घृणा भाव जगाउने काम कसैले गर्न नहुने भन्दै समाजलाई एकतावद्ध र प्रभावकारी रुपमा अगाडि बढाउन सबैले हातेमालो गर्नु पर्ने बताए ।

झापामा सुरक्षा क्षेत्रका धेरै भौतिक संरचना क्षतिग्रस्त हुँदा प्रभावकारी ढंगवाट सेवा प्रदान गर्न नसकिरहेको अवस्थामा नागरिक स्तरबाट स्वत स्फूर्त रुपमा गरिएको सहयोगको प्रजिअ अधिकारीले प्रशंसा गरे । उनले यस्तो अवस्थामा निरासा बढ्न सक्ने र त्रास सृजन हुन सक्ने भएकाले समाजका अगुवा तथा सञ्चार क्षेत्रलाई जिम्वेवार पूर्वक खवरदारी गरिदिन आग्रह गरे । उनले यस्ता संकटका वेला सत्कर्म गर्न आग्रह गर्दै कसैले कालो बजारी गरे तथा कानून विपरित कार्य गरे तत्काल कारवाही गर्ने चेतावनी दिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले सुरक्षा निकायमा कुनै मनोवल नघटेको भन्दै प्रभावकारी ढंगवाट नागरिकको सेव ागर्न आफूहरु तयार रहेको बताए । उनले भौतिक संरचना तथा सवारी साधनमा क्षति पुग्दा तत्कालै घटनास्थलमा प्रहरी पुग्न नसकेपनि प्रहरीले अपराध नियन्त्रणका लागि उच्च मनोवलका साथ काम गरिरहेको बताए ।

उनले इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय अनारमनीमा केही दिनमा नै प्रहरी बस्ने गरी आउने भएपनि हाल गस्ती लाई निरन्तरता दिइरहेको बताए । प्रहरी उपरीक्षक लिम्बूले कुनै आपराधिक घटना भए तत्काल सुरक्षा निकायलाई जानकारी दिन आग्रह गरे ।

यता सशस्त्र प्रहरी नम्वर २ गणका सशस्त्र प्रहरी उपरीक्षक तुलवहादुर भण्डारीले प्रहरीले विगतमा पनि उच्च मनोवलका साथ काम गरिरहेको र अहिलेपनि नागरिकको सुरक्षामा आफूहरु उच्च मनोवलका साथ खटेको उल्लेख गरे । उनले जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको बर्दी तथा हतियार लुटपाट भएको र त्यस्ता समूहले समाजमा चोरी तथा लुटपाट गर्न सक्ने भएकाले सचेत बन्न आग्रह गरे । नागरिक समाजले सुरक्षा क्षेत्रमा गरेको चासो प्रति उनले प्रशंसा गर्दै सुरक्षा दिन आफूहरु तयार रहेको उल्लेख गरे ।

यता मानव अधिकार सञ्जाल झापाका संयोजक डा.रुपक प्रसाद खनालले शान्ति सुरक्षा पहिलो प्राथमिकता भएकाले नागरिकको सुरक्षाका लागि सबैले हातेमालो गर्नु पर्ने धारणा राखे । उनले यो विषय परिस्थितिमा आपराधिक कृयाकलाव बढ्न सक्ने भएकाले तत्काल सुरक्षालाई प्राथमिकता दिन सुरक्षा निकायका प्रमुखलाई आग्रह गरे । उनले आफूहरुको तर्फबाट शान्ति सुरक्षा कायम गर्नका लागि सहयोग पु¥याउने बताए ।

त्यस्तै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जेनजी आन्दोलन पछि समाजमा त्रास सृजना भएको र प्रहरी प्रशासन विना व्यवसायीले ढुक्कले व्यवसाय गर्न नसकेको उल्लेख गरे । उनले भौतिक संरचनाको पुनः निर्माणका लागि व्यवसायिक क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै नेपाल वार एशोसिएसन झापाका उपाध्यक्ष चित्रवहादुर मगरले समाजको सुरक्षाका लागि मनोविज्ञान बुझ्न जरुरी रहेको धारणा व्यक्त गरे । समुदायलाई सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने भन्दै भवनको विकल्प खोजेर भएपनि सुरक्षा निकायलाई पुनःस्थापित गर्नु पर्ने धारणा राखे ।

त्रिवी प्राध्यापक स.घ झापाका अध्यक्ष लिला अधिकारीले प्रेम, सद्भाव र सहिष्णुता पहिलो प्राथमिकता हुनु पर्ने बताए । द्वन्द्व निर्मूल पार्नका लागि यि तीन कुरा आवश्यक भएको भन्दै सबै पक्षले जिम्वेवार ढंगवाट प्रस्तुत हुनु पर्ने विचार व्यक्त गरे । नागरिकमा सुरक्षाको प्रत्याभूति नहुँदा समस्या भएको भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराए ।

राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले सुरक्षा निकायलाई उच्च मनोवलका साथ कार्य क्षेत्रमा खट्न सुझाव दिए । उनले पछिल्लो समय विभिन्न अफवाह फैलाएर समाजलाई त्रसिद बनाउने काम भइरहेको भन्दै त्यस्ता समूहलाई निरुत्साहित गर्न सबै एकजुट हुनु पर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा एवीसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाले शान्ति सुरक्षा पहिलो प्राथमिकता भएकाले नागरिक समाज एक हुन जरुरी रहेको धारणा व्यक्त गरिन् ।त्यस्तै बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेधराज वास्तोलाले शान्ति सुरक्षाका लागि समुदाय स्तरबाट गर्न सकिने सहयोग सबैले गर्न जरुरी रहेको उल्लेख गरे ।

नेपाल अलैंची व्यवसायी महासंघका निर्वतमान अध्यक्ष निर्मल भट्टराईले सुरक्षाको मनोवल बढाउनु पर्ने भन्दै नागरिक स्तरबाट सहयोग गर्न आफूरुह तयार रहेको धारणा राखे । सुरक्षा नहुँदा गुण्डागर्दी बढेकाले त्यसतर्फ ध्यान दिन सुरक्षा निकायका प्रमुखलाई आग्रह गरे ।

यताउद्योग वाणिज्य संघ कोसीका सदस्य तथा रोटरी क्लाव अफ बिर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटीले नागरिकले सुरक्षाको प्रत्याभूति नगरेकाले त्यस तर्फ ध्यान दिन सुरक्षा निकायका प्रमुखलाई आग्रह गरे । जेनजी आन्दोलन अघिकै अवस्थामा सुरक्षा निकायलाई ल्याउन नागरिकको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका पूर्व अध्यक्ष सजेश शिवाकोटीले इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन पुर्न निर्माणका लागि करिव ६० लाख रुपैयाँ खर्च लाग्ने बताए । युवाहरुले स्तस्फूर्त रुपमा शुरु गरेको पुर्न निर्माणको काम धमाधम भइरहेकाले सबैलाई सहयोग गर्न आवहान गरे ।

कार्यक्रममा नवीन गट्टानी, केदानर गिरी, कविता शर्मा, अभय राजवंशी, टेकनाथ भण्डारी, युवराज कुँवर, संगीता रौनियार, ओमकृष्ण विमली, राजकुमार कार्की, धनवहादुर पङ्धाक लगायतले सुरक्षा निकायलाई आ आाफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

वैठकमा विभिन्न संघ संस्था तथा दाताहरुले इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको भवन पुनः निर्माण आवश्यक सामग्री खरिदमा सहयोगको घोषणा गरे । उक्त अवसरमा २८ लाख रुपैयाँ बरावरको प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रमको संयोजन संवाद समूहले गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here