झापा, राष्ट्रिय स्वाधिनताका विषयमा सबैदलहरु एक जुट हुनु पर्ने झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागी बक्ताहरुले जोड दिएका छन् ।
जेनजी विद्रोह नयाँ परिस्थिति र अबको निकास विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य सुमन लिम्बूले राष्ट्रिय स्वाधिनता जोगाउन सबै दल एक हुनु पर्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टी झापाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले देशी विदेशी शक्तिहरुको चलखेल बढेकाले राष्ट्र जोगाउन सबै दल एक हुनुको बिकल्प नभएको बताए ।

नेपाली कांग्रेस झापाका नगर सभापति भोजराज सिटौलाले नेपालका अग्रगामी र परिर्वतनकारी शक्तिहरु एक जुट हुनु पर्ने धारणा व्यक्त गरे । जेनजी आन्दोलनका क्रममा भएको घुसपैठले विदेशी शक्ति हावी हुने खतरा रहेको उल्लेख गरे । देशको स्वाधिनता जोगाउन सबै दल मिलेर अगाडि बढ्नु पर्ने बिचार ब्यक्त गरे ।
कार्यक्रममा नेकपा एसका उपसचिव श्री मिश्रले २०४६ सालपछि दलका नेताहरुलाई देवत्वकरण गर्ने परिपार्टी हुर्किएकाले अहिलेको विद्रोह भएको उल्लेख गरे । भ्रष्टाचारपछि उत्पन्न परिस्थिति जेनजी आन्दोलन भएको उनको भनाई छ ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले आन्दोलनको जिम्वा सरकार र राजनीतिक दलले लिनु पर्ने उल्लेख गरे । सरकारमा वस्नेहरुको हटका कारण ठूलो जनधनको क्षति भएको उनको भनाई छ । जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामाथिको आक्रमण निन्दनीय रहेको भन्दै भौतिक संरचनाको संरक्षणमा सबैले सचेतना जगाउन नरुरी रहेको बताए । अहिले विश्वास टुटेको अवस्था रहेको भन्दै विश्वासको वातावरण बनाउन सबै लाग्नू पर्ने बिचार व्यक्त गरे ।
राप्रपाका बिर्तामोड उपाध्यक्ष लक्ष्मी गौतमले सरकारले नै गर्दा जेनजी आन्दोलन उग्र वनेको आरोप लगाए । विरोधका कार्यक्रमलाई अतालिएर सरकारले दमन गर्दा विद्रोहको स्थिति उत्पन्न भएको उल्लेख गरे । बर्तामान अवस्थामा सबै दल मिलेर राष्ट्र सुहाउदो व्यवस्था लागू गर्नु पर्ने बिचार व्यक्त गरे ।

कार्यक्रममा व्यवसायी जगदीश मित्तलले राष्ट्र र जनताको माया नगर्नेहरुले गरेको अत्यचार विरुद्धको आन्दोलन जेनजी आन्दोलन भएको जेनजीहरुले उठाएका सवालमा राजनीतिक दल गम्भीर बन्नु पर्ने बिचार व्यक्त गरे ।
मानवअधिकारकर्मी डा. रुपक खनालले देशको परिस्थिति जटिल रहेकाले यस्तो अवस्थामा सबै दलले संयमित भएर अगाडि बढ्नु पर्ने बिचार व्यक्त गरे । उनले देश र जनाताको पक्षमा कदम चाल्न दलहरुलाई सुझाव दिए ।
बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले २०४६ सालपछिका राजनीतिक दलका नेता तथा कर्मचारीका साथै उद्योगी व्यवसायीको सम्पत्ति छानविन गर्नु पर्ने विचार व्यक्त गरे ।
त्यस्तै समाजसेवी लीला मैनालीले जेनजी आन्दोलनका क्रममा सरकारले क्रुर दमन गरेर अवोध बालकमाथि गोली चलाएको भन्दै तत्कालीन सरकारको आलोचना गरे । उनले सत्तामा बस्नेहरुले देशको परिस्थिति बुझेर अगाडि बढ्नु पर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई, हार्डवेर व्यवसायी संघका अध्यक्ष माक्रिका कोइराला लगायतले आ आफ्ेनो धारणा राखेका थिए ।
नेपाल कम्युनिष्ट पार्टीका झापा इञ्चार्ज तथा पोलिट व्यूरो सदस्य सुमन सि ले जेनजी आन्दोलनपछि वाह्रय शक्तिको चलखेल बढेको भन्दै सबै दल सजक बन्नु पर्ने धारणा व्यक्त गरे । नेपाल कम्युनिष्ट पार्टीले झापाको बिर्तामोड सहित झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकामा समेत अन्तरक्रिया कार्यक्रम आयोजन ागर्ने उल्लेख गरे ।
उनले सबै स्थानीय तहमा पुगेर वर्तमान देशको अवस्थाका वारेमा जागरण पैदा गर्ने बिचार व्यक्त गरे । पार्टीले पाँचथरको फाल्गुनन्द र फिदिममा समेत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको बताइएको छ ।
अर्जुन सि को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्जय सि ले गरेका थिए ।






























