सुन्दरहरैंचा (मोरङ),

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर – ७ मा अवस्तित गछियामा रहेको प्रहरी चौकीलाई स्वतन्त्र नागरिक समाज सुन्दरहरैँचा मोरङले झ्यालमा लगाउने पर्दा वितरण गरेको छ ।
वडा अध्यक्ष भुवन सिंह आले मगरको उपस्थितिमा स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चम्लागाई लग्गायतको टिमले उक्त पर्दा वितरण गरेको समाजका प्रवक्ता नर बहादुर गुरुङले जानकारी दिए।
प्रवक्ता गुरुङका अनुसार प्रहरी चौकीलाई २९ थान झ्यालमा लगाउने पर्दा उपलब्ध गराएको बताए। संक्षिप्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष आले मगरले स्वतन्त्र नागरिक समाजले जनताको शान्ति सुरक्षाको लागि बसेका प्रहरी चौकीलाई पर्दा वितरण गरेर प्रसंसनिय कार्य गरेको बताए।
यस्तै कार्यक्रममा आफ्नो मन्तव्य राख्दै समाजका अध्यक्ष चम्लागाईले हाम्रो पवित्र संस्था प्रहरी चौकीलाई पर्दा दिन पाउँदा खुशी लागेको भन्दै आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए। प्रहरीलाई आवश्यक पर्ने पर्दा सहयोग गरेको भन्दै प्रहरी चौकी गछियाका इन्चार्ज गणेश दाहालले समाजलाई धन्यवाद दिंदै आगामी दिनहरुमा पनि समाजबाट यस्तै सहयोगको अपेक्षा राखिएको बताए।
इन्चार्ज दाहालले चाडपर्व नजिकिदै गरेको भन्दै गाउँ समाजमा कुनै पनि संकास्पद गतिविधि भएमा तुरुन्तै प्रहरीलाई खबर गर्न पनि आग्रह गरे। कार्यक्रममा समाजका विभिन्न पदाअधिकारी तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो।






























