झापा ।

झापाको भद्रपुरस्थित कोशी प्रदेश प्रहरी कार्यालय बिपद व्यवस्थापन गुल्म चन्द्रगढीमा कार्यरत एक प्रहरी जवानले आत्महत्या गरेका छन् ।
भद्रपुर नगरपालिका–८ बस्ने सत्यनारायण राजवंशीको घरमा डेरा गरी बस्ने धनकुटा साँगुरीगढी गाउँपालिका–७ घर र इलाका प्रहरी कार्यालय बिराटचौक मोरङ दरबन्दी भई कोशी प्रदेश प्रहरी कार्यालय बिपद व्यवस्थापन गुल्म चन्द्रगढीमा कार्यरत २९ वर्षीय प्रहरी जवान उमेश राईले आफू बस्ने कोठाको सिलिङ पङ्खामा नाइलनको डोरीको पासो लगाई आत्महत्या गरेका हुन् ।
थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट टोली खटिएको छ । उनकी श्रीमती मल्लिका राई पनि प्रहरी जवान हुन् । मृत्युको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।






























