विराटनगर ।

झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल स्थितबाट लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय काकँरभिट्टा झापाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भारत सिक्कीमका ३० बर्षीय मनोज राईलाई एक ग्राम ९ सय ५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय चतरा सुनसरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–१ रानि खोला स्थित सडक किनाराको झाडिमा बेबारीसे अवस्थामा रहेको १० किलोग्राम गाँजा बरामद गरेको छ ।






























