बीरता जेसीजद्वारा प्रहरी चौकी पुर्ननिर्माणका लागि आर्थिक सहयोग

0
183

बिर्तामोड ।

इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय पुर्ननिर्माणका लागि बीरता जेसीजले आर्थिक सहयोग गरेको छ ।

जेनजी आन्दोलनका कारण क्षतिग्रस्त भएका इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन पुनःनिर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले वीरता जेसीजको तर्फबाट सङ्कलन गरिएको ७१ हजार रुपैंया रकम इलाका प्रहरी कार्यालय पुनःनिर्माण टिमलाई हस्तान्तरण गरिएको बीरता जेसीजका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।

उनले भने– यो योगदान केवल रकम मात्र होइन, यो हाम्रो सहानुभूति एकता र सामाजिक उत्तरदायित्वको प्रतीक हो। अध्यक्ष कुँवरले यो यात्रामा साथ र सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद दिए । बीरता जेसीजले सामाजिक क्षेत्रमा विभिन्न सचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here