न्यूटन्स र एभरेष्टको शुभकामना आदानप्रदान

0
64

झापा, न्यूटन्स एजुकेशन एकाडेमी र एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमी बिर्तामोडले विजया दशमीको अवसर पारेर शुभकामना आदन प्रदान कार्यक्रम सञ्चालन गरेको छ ।

बिर्तामोड ५ मा रहेको न्यूटन्स र बिर्तामोड ६ मा सञ्चालित एभरेष्टले संयुक्त रुपमा विजयादशमीको अवसरमा अभिभावकसहित समाजका सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
शिक्षा सेवी हरिकुमार प्रसाई (स्व) ले दुई वटै विद्यालय स्थापना गरेका थिए ।

विद्यालयकी स्थापक धर्मा पराजुली प्रसाईको अध्यक्षता तथा बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तीलचन भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, वडा नम्वर ५ का वडाध्यक्ष रोहित प्रासई, नेपाल पत्रकार महास.घ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, बिर्तामोड नगरपालिकाकी शिक्षा शाखा अधिकृत जानुका गुरागाई, समाजसेवी निरु उप्रेती, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयका सञ्चालक आशिस प्रसाईले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा न्यूटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुँमागाईले स्वागत गरेका थिए । प्रिन्सिपल हुँमागाईले शिक्षा सेवी हरिकुमार प्रसाईले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै स्व. प्रसाईको सपनालाई साकार पार्न आफू लागि परेको र आम अभिभावकको समेत उत्तिकै हात रहने भएकाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका क्षेत्रमा सल्लाह दिन आग्रह गरे । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here