झापा दृष्टिहीन संघको साधरण सभा

0
59

बिर्तामोड ।

झापा दृष्टिहीन संघको १९ अौं वार्षिक साधरणसभा सम्पन्न भएको छ। बिर्तामोड -३ बिर्ताबजारस्थित संघको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रमसहित संघको १९ अौं वार्षिक साधरणसभा सम्पन्न भएको हो।

झापा नेत्रहीन संघका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र्प्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष उद्धप खतिवडाले स्वागत गरेका थिए।

संघका सचिव दिलकुमार राजबंशीले तयार पारेको संस्थाका गतिविधि तथा भावी कार्यक्रमसहितको वार्षिक प्रतिवेदन संघका कर्मचारी बिमलले वाचन गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष रोशन थापाले प्रस्तुत गरेका थिए। २०६३ सालमा स्थापना भएको संघमा हाल १०४ जना सदस्य रहेका छन्। संस्थाले विभिन्न दाताहरुको सहयोगमा सदस्यहरुको जीवनयापन सहज बनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको प्रतिवेदनमा उल्लेख छ।

कार्यक्रममा प्रमख अतिथि उपप्रमुख संग्रौला, बिर्तामोड खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष मेघराज बास्तोला, विराट बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक रुद्र सिटौला, झापा नेत्रहीन संघका सल्लाहकार संयोजक दोर्णाचार्य निरौला, किरात याक्थङ चम्लुङ झापाका सचिव भीममाया नेम्वाङ कन्दङ्वा,सैनिकबजार टोल विकास संस्थाका अध्यक्ष कविता घले गुरुङ, कञ्चनजंघा बोर्डिङ स्कूलका संस्थापक डा. केशवराज न्यौपाने, हल्दिबारी माविका प्रधानाध्यापक टंक पाख्रिन, शिक्षासेवी खिलप्रसाद शिवाकोटी, पञ्चकन्या सहकारी संस्थाका अध्यक्ष यादवकमारी तिम्सिनालगायतले शुभकामना मन्तव्य राखेका थिए।

संघका सदस्यलाई छात्रवृत्ति, सेतो छडी, ब्रेनलिप लगायत विभिन्न सामाग्री हस्तान्तरण गरिएको कार्यक्रममा दाताहरु अनारमनी पब्लिक क्याम्पसका प्रमुख मोहन शिवाकोटीबाट रु.२५ हजार, बिर्तामोड नगरपालिकाबाट १५ हजार तथा उपप्रमुख संग्रौलाबाट पाँच हजार, कञ्चनजंघा बोर्डिङबाट १५ हजार, कविता घले गुरुङबाट ६ हजार, पञ्चकन्या सहकारीबाट दुई हजार,मेदनीप्रसाद न्यौपानेबाट एक हजार रुपैयाँ र भीममाया नेम्वाङबाट एक रिम फोटोकपी पेपर सहयोग प्राप्त भएको जानकारी गराइएको थियो।

कलाकार पवित्रा तामाङले स्वागत गीत प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सचिव दिलकुमार राजबंशीले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here