सुनसरी ।

सुनसरीको कोशी गाउँपालिका–७ बाट बेवारिसे अवस्थामा १८ बोरा लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ ।
चाडपर्व विशेष सुरक्षा अन्तरगत गस्ती गर्ने क्रममा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–७ स्थित पुर्व पश्चिम लोकमार्गको सडक किनारामा १८ वटा प्लास्टिकको बोरामा प्याक गरी राखेको ६ सय ३७ किलो ४५ ग्राम गाँजा बेबारीसे अबस्थामा फेला पारी बरामद गरेको हो ।
गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न ब्यक्तिहरुको खोजतलास भईरहेको छ ।






























