बिर्तामोड ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले प्रहरी चौकीहरुको पुर्ननिर्माण अभियानमा आर्थिक सहयोग गरेको छ ।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षति ग्रस्त भएको प्रहरी चौकी पुर्न निर्माणको काम धमाधम रुपमा सञ्चालन भइरहेको छ । यसै सन्दर्भमा आइतबार एक कार्यक्रमका बीच इक्यान झापाको टोलीले सामाजिक उत्तरदायित्व अन्तरगत इलाका प्रहरी कायालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको पुर्न निर्माण अभियानमा ५१ हजार रुपैंया आर्थिक सहयोग गरेको छ ।
त्यस्तै इक्यान झापाले प्रहरी चौकी बिर्ताबजारको पुर्न निर्माणका लागि ५१ हजार रुपैंया हस्तान्तर गरेको सामाजिक उत्तरदायित्व (सीएसआर) प्रमुख प्रकाश पराजुलीले जानकारी दिए । उक्त अभियानमा इक्यान झापामा आवश्द्ध शैक्षिक परामर्श दाताहरुले आर्थिक सहयोग गरेका थिए ।

इलाका प्रहरी कार्यालय अनारमनीको रकम हस्तान्तरण कार्यक्रममा इक्यान झापाका अध्यक्ष रोशन सुवेदी, संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेलसहित इक्यानका कार्यसमिति सदस्य तथा इक्यान झापामा आवद्ध सदस्यहरुको सहभागिता रहेको थियो ।
पुर्न निर्माणमा अभियानमा सक्रियरुपमा खटेका युवा ब्यवसायी विपिन बजगाई र रमेश चौधरीले रकम हस्तान्तरण गरेर पुर्ननिर्माण अभियानलाई सहयोग गरेको भन्दै धन्यवाद दिए । इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको करिब ७० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । पुर्ननिर्माण अभियानमा युवा ब्यवसायी पदम श्रेष्ठसहित बजगाई र चौधरी सक्रिय रुपमा टेका छन् ।
त्यस्तै बिर्तामोड नगरपालिका–३ स्थित बिर्ता बजार प्रहरी चौकीको पुर्न निर्माण अन्तिम चरणमा पुगेको छ । इक्यान झापाले प्रही चौकी पुर्ननिर्माणमा ५१ हजार रुपैंया आर्थिक सहयोग गरेको छ । इक्यान झापाका सल्लाहकार समेत रहेका बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीसहितको टोलीले उक्त रकम हस्तान्तरण गरेको हो ।
इक्यान झापाले प्रहरी चौकी पुर्न निर्माणका लागि एक लाख दुई हजार रुपैंया प्रदान गरेको सीएआर प्रमुख पराजुलीले जानकारी दिए । इक्यान झापाले आगामी दिनमा सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान लगायतका कार्यक्रमलाई तिब्रता दिने जनाइएको छ ।





























