व्यवसायी द्वारीका प्रसाद मित्तलको निधन

0
172

झापा । व्यवसायी द्वारीका प्रसाद मित्तलको निधन भएको छ । बिर्तामोडका पुराना तथा स्थापित व्यवसाय मित्तलको ८९ वर्षको उमेरमा निधन भएको हो । मित्तलको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिन अघि बिर्तामोडस्थित बीएण्डसी असपतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा आज बिहान निधन भएको हो ।
द्वारीकाका नौ जना छोरा र तीन छोरी रहेका छन् । श्रीमती श्रमनदेवीसहित दुई छोरा सुरेन्द्र तथा रोशनको यस अघि नै निधन भएको छ ।
इलामको नाम्सालिङमा जन्मिएका द्वारीका व्यवायको सिलसिलमा झापा झरेका थिए । झापामा सफल व्यवसायीका रुपमा स्थापित उनी समाजसेवामा समेत सक्रिया थिए ।
मित्तलका छोरा वुहारीहरुमा दिनेश – सन्तोष,हनुमान – किरण, कैलाश– सुनिता,इश्वर – जानुका, मोहन – मधु, प्रदीप – रेणु, सुरेन्द्र (स्व.) – नेहा, रोशन (स्व.) – दीपा, राजेश – अनुभा रहेका छन् ।
छोरीज्वाईहरमा विमला – सत्यनारायण गोयल, अञ्जु – शिवु अग्रवाल, अनिता – सञ्जय अग्रवाल रहेका छन् ।
द्वारीकाको अन्तिम संस्कार भोलि कनकाई माईमा गरिने पारिवारिक श्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here