दमक ।
‘एकका लागि एक अभियान’ले दमक इलाका प्रहरी कार्यालयलाई करिब दुई लाख रुपैयाँ बराबरको अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ ।

सोमबार एक कार्यक्रमबीच खाट २० थान, कम्प्युटर २ सेट, प्रिन्टर १ सेट र झुल २५ थान हस्तान्तरण गरिएको हो ।
सामग्री हस्तान्तरण कार्यक्रममा अभियानका संयोजक महेन्द्रकुमार गिरीले सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा अभियान सदस्यहरू नवीन गट्टानी, हेम खड्का, एकराज गिरी, राजेन्द्र चौलागाईं र बिनाेद पाण्डे उपस्थित थिए ।
त्यसैगरी, इप्रका तथा ट्राफिक कार्यालय पुनर्निर्माण समितिका गाेपाल गुरागाईं, डीएसपी राम तिम्सिना, खाेम बगाले, प्रेम काेइराला, चुडामणि ओझा, राेशन गाैतम र याम श्रेष्ठ पनि कार्यक्रममा सहभागी थिए ।
पत्रकार डिकेश लामा, सुदिप अधिकारी, विष्णु पाैडेल र भूमि पराजुलीसहितका सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो ।






























