जोखिममा परेका बस्तीबाट मानिसलाई सुरक्षित स्थानमा धमाधम सारिँदै

0
25

झापा । अविरत वर्षाका कारण कनकाई माई तथा विरिङ सहितका खोलामा आएको बाढीले जोखिममा परेका बस्तीबाट मानिसलाई सुरक्षित स्थानमा सार्न थालिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उनीहरुलाई सुरक्षित स्थानमा सार्न थालिएको हो । सो कार्यमा जनप्रतिनिधिसमेत संगै रहेका छन् । उनीहरुले जोखिममा परेका मानिसलाई सुरक्षित स्थानमा सार्न प्रवन्ध मिलाइरहेका छन् ।
कन्काई नदीको जलसतह खतरा लेभलमा पुगेपछि गौरीगञ्ज र झापा गाउँपालिकाका जोखिमपूर्ण ठाउँका मानिसहरुलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।जोखिममा पर्न सक्ने मानिसहरुलाई सशस्त्र र नेपाल प्रहरीको टोली, स्थानीय जनप्रतिनिधि र नागरिक अगुवाहरुको सहयोग र सहकार्यमा सुरक्षित ठाउँमा राखिएका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । उनले कन्काई र बिरिङ नदीमा खतराको तह पार गरेर बाढी आइरहेको जानकारी दिएका छन् ।

कन्काई नदीको जलसतह अघि बिहानसम्म ५।१२ को लेभलमा थियो ।३।८ लाई सचेतना र ४।३ लाई खतरा मानिन्छ । २०७४ सालमा ५।४ पुगेको थियो । बिरिङ खोलाको जलसतह पनि खतराको लेभलमा पुगेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here