इलाममा वर्षाका कारण भएको क्षतिको विवरण संकलन शुरु, पहिरोले पुरेर दुई जनाको मृत्यु थप विवरण आउन बाँकी

0
39

गणेश अर्याल,इलाम ।

अबिरल बर्षा सगै इलाम जिल्लामा बर्षाले पुरयाएको क्षतिको बिबरण प्राप्त हुन थालेको छ ।

पछिल्लो जानकारी अनुसार इलाममा पहिरोमा परि कम्तीमा दुइ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका ६ स्थीत घोस भन्ने स्थानमा पहिरोले डम्बर बहादुर पाख्रिनको घर पुर्दा २ जनाको मृत्यु भएको स्थानीय रेवज तामाङले जानकारी दिनुभएको छ । पहिरोमा ३ जना बेपत्ता भएका छन । बेपत्ताको खोजी कार्य भइरहेको छ

पछिल्लो जानकारी अनुसार मेचीराजमार्ग पूर्णरुपमा अवरुध्द भएको छ । मेचीराजमार्गको इलाम सूर्योदय नगरपालिका फिककल रोङ गाउपालिका कोल्बुङ स्थीत सिध्ददेबी बोडिङ स्कुल नजिक जमुने डाँडा भन्ने स्थानमा सडक अवरुध्द भएको छ ।

रोङकै किटेनीमा पनि सडक अवरुध्द भएकोमा किटेनी टोलबिकास सस्थाका सदस्यहरुले सडकमा थुप्रिएको अवरोध हटाएर एकतर्फी सडक सञ्चालनमा ल्याएको टोलबिकास सस्थाका अध्यक्ष नन्दकुमार गुरुङले बताउनु भएको छ । लसुने मा भएको अवरोध हटाउन केही समय लाग्ने हर्कटे प्रहरीले जनाएको छ ।

माइजोगमाइ गाउपालिका ३ स्थीत गुप्तीको काफ्ले गाउमा पहिरोले पहिरो जादा पारस काफ्ले र जगन्नाथ काफ्लेको घरमा क्षति पुगेको छ । त्यसैगरी इलामको देउमाइ नगरपालिका को मगलबारे बजारमा पनि पहिरोले क्षति गरे पनि क्षतिको बिवरण प्राप्त हुन बाकी छ । त्यसैगरी जोगमाइ खोलाको हाइड्रो पावरमा पनि क्षति पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here