झापा। 
कन्काई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
कन्काई –४ कोटीहोमस्थित कनकाई नदीको बिच भागको डिलमा बर्ष अन्दाजी ६०/६५ का पहाडी मुलकको जस्तो देखिने तत्काल नामथर वतन नखुलेका पुरुष घोप्टो परी मृत अबस्थामा फेला परेका हुन् ।
थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक रुपेश राईको कमाण्डमा टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।































