कमलमा राहत वितरण

0
27

कमल।

अविरल वर्षाका कारण आएकाे बाढी बाट डुवानमा परेका झापाको कमल गाउँपालिकाका नागरिक लाई आज (आईतवार ) राहत वितरण गरिएकाे छ ।

कमल गाउँपालिका र नेपाल रेडक्रस साेसाईटी कमल उपशाखाकाे समन्वयमा राहत वितरण गरिएको हाे ।

गाउँ पालिकाकाे वडा ७ का २६ परिवारलाई चमल ५ देखि ७ केजीका साथै दाल, नुन, तेल, सोयाविन, जिरा, वेसार, तेल, भाडाकुडा  लगायतका सामाग्री वितरण गरिएकाे कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव कुमार ढकालले जानकारी दिनुभयाे ।

राहत वितरण पछि कमल गाउँ पालिकाका अध्यक्ष हुकुम सिंह राईले भन्नुभयो ” अहिले तत्कालका लागि गाउँ पालिकाकाे तर्फबाट सकेको सहयाेग गरेकाछाै । आगामी दिनमा तपाई हरूकाे क्षतिकाे आधारमा वडाकाे सिफारिस अनुसार गाउँपालिका र रेडक्रसकाे सहयाेगमा क्षति पुगेको घरकाे मर्मत समेत गरिने छ “।

रतुवा खोलाको बाढीका कारण गाउँपालिकाको वडा नं. ७ अन्तर्गत स्थित लालपानी देखी दक्षिण झर्काहा सम्मको क्षेत्रमा ठूलो क्षति पु¥याएको छ ।

बाढीका कारण २ सय १५ घरधुरी प्रभावित भएका छन्, जस मध्ये २६ घर अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको जनाईएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here