झापामा सशस्त्र प्रहरीले गर्‍यो १२२ जनाको सकुशल उद्दार

0
43

झापा ।

झापाको बाढी प्रभावित क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले १२२ जनाको सकुशल उद्दार गरेको छ ।

जिल्लामा बाढी, डुबान तथा कटानबाट प्रभावित व्यक्तिहरूको उद्दारका लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाका एसपी तुलबहादुर भण्डारीको कमान्डमा ३१ वटा टोली खटिएका थिए ।

जिल्लाभर खटिएका २९० जना सशस्त्रले झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका १२२ जनालाई सकुशल उद्दार गर्नुका साथै ४९० घरधुरीको १ हजार ६६४ जना परिवारहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाइएको छ ।

कनकाई माई र मेची नदीमा आएको बाढीले झापामा ३५ सय घरधुरीका करिब १२ हजार मानिस विस्थापित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here