विपद्मा सरकारको प्रशंसा

0
27

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गरेको मौसमको पूर्वानुमानलाई सरकारले देखाएको तत्परता यस वर्ष साच्चिकै उदाहरणीय रह्यो । मनसुनको समय सिद्धिएपछि भएको अविरल वर्षाले गत वर्षको उल्लेखित क्षतिलाई बिर्सायो भने तत्कालीन सरकार प्रमुखको हल्का टिप्पणी र सरकारको हेलचेक्र्याँइको पुनसर््मरण गराउन पनि भ्यायो । हरेक वर्ष उत्पत्ति हुने प्राकृतिक विपत्ति भोग्दै आएका नेपालीले यस वर्षको विपत्ति भने राहतको अनुभूति गर्न पाएका छन् । यद्यपि यस्ता विपत्तिहरु सूचना दिएर वा बाजा बजाएर आउँदैनन्, तर विज्ञान र प्रविधिले पूर्व सतर्कता र सावधानीका लागि सहयोग भने गर्छ ।

यस वर्ष अर्थात् २०८२ सालको नेपालीको ठूलो चाड बडादशैं कष्टकर हुन पुग्यो । मौसम पूर्वानुमान महाशाखाले यही असोज १७ देखि २० गतेसम्म भारी वर्षा हुने सूचना प्रवाह ग¥यो । महाशाखाको यो अनुमानलाई सरकारले चासोसहित गम्भीरतापूर्वक सूचना प्रवाह ग¥यो । सरकारको सक्रियतासँगै आमजनतालाई सतर्कता अपनाउन लामो र अनावश्यक यात्रा नगर्न र घरमै सुरक्षित भएर घरमै बस्न सूचित गरियो । सरकारले किसानलाई समेत अन्नबालीको सुरक्षाका लागि पाकेको बाली नकाट्न काटेको भए सुरक्षित गर्न अनुरोध ग¥यो । सरकारको यस्तो आग्रह र सचेतनाले जोखिम न्यूनीकरण गर्न सहयोग पु¥याएको भन्दै सरकारको प्रशंसा भएको छ ।

भगवानको भरोसामा रहेका नेपालीले यस वर्षको विपत्तिमा सरकार भएको अनुभूति गर्न पाए । अझ बाढी, पहिरोको चपेटामा रहेकाहरुलाई उद्धार गर्न सुरक्षा निकाय, रेडक्रस लगायतका संस्थाले देखाएको सक्रियता, भूमिका र योगदान चर्चा र सम्मानयोग्य रह्यो । विपत्तिको पूर्व सन्ध्यामै प्रधानमन्त्री सुशीला कार्कीले देशबासीलाई सम्बोधन गर्दै ‘एक्लो नठान्न’ दिएको आश्वासनले पीडामा परेकाहरुलाई राहत दिएको छ । विगतमा यस्ता विपत्तिमा प्रधानमन्त्रीदेखि मन्त्री र सांसदहरु राज्यकोषको दुरुपयोग गर्दै हवाई निरीक्षण गरेका दृष्य यसपटक सुन्नु पनि परेन । बरु विपत्तिमा पीडितहरुको उद्धारमा हेलिकप्टरहरु सहितको सेवा प्रवाह भयो । स्थानीय सरकार र प्रशासनलाई चलायमान बनाएर विपद्मा परिचालन गरेर सरकार इतिहासकै उदाहरणीय बनेको छ । मौसमको प्रतिकूलताको सृजना हुने क्षति वा दुष्पपरिणाम कसैको नियन्त्रणमा हुँदैन । तर, दीर्घकालीन रणनीति र विवेकपूर्ण सावधानी र निर्णयले क्षति कम गर्न सकिन्छ । अनि पनि झण्डै पचास जनाले ज्यान गुमाउनु परेकोदेखि अन्नबालीमा क्षति, सडक र पुल बग्ने जस्ता दुष्परिणाम कम गर्न सरकारले देखाएको सक्रियताको प्रशंसा गर्नैपर्छ । विपद् आइरहन्छन् अझै सजगताको खाँचो छ । हामी पनि सचेत बनौं र सरकारको असल कर्मलाई सहयोग गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here