माई नगरले वाढी-पहिरो पिडित ८८ परिवारलाई राहात वितरण गर्ने

0
32

विमल दहाल, माई ।

माई नगरपालिका नगर कार्यपालिका वैठक मंगलवार वसेकाे छ।

नगर प्रमुख खम्बा सिं लिम्वुकाे अध्यक्षतामा सम्पन्न कार्यपालिका वैठकले विस्थापित ७६ परिवारलाई माई नगरपालिकाकाे तर्फबाट प्रति परिवार नगद १५ हजारका दरले तथा पुर्ण विस्थापित १२ परिवारलाई नगद २० हजारका दरले राहत दिने निर्णय गरिएकाे छ । राहत वितरण वुधवारवाटै शुरु गरिने माई नगर प्रमुख लिम्बूले जानकारी दिनुभएकाे छ ।

नगर भित्रमा विस्थापित ८८ परिवार रहेकामा ७६ परिवार विस्थापित र १२ परिवार पुर्ण विस्थापित रहेकाे जानकारी विपत व्यवस्थापन वैठकवाट संकलन गरेकाे थियाे ।

मंगलवार नै नगर स्तरीय विपत व्यवस्थापन समितिले क्षति भएकाे वाटाे, पुल, आवास लगायतकाे विवरण कार्यपालिका वैठक र जिल्ला विपत व्यवस्थापन समितिमा सिफारिस गर्ने निर्णय गरेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here