झापामा आफूखुसी राहत बाढ्न नपाइने

0
96

झापा ।

गत असोज १८ गतेदेखि २० गतेसम्म भएको वर्षाका कारण बाढी पहिरो र डुवानमा परी भएको क्षतिको विवरण सात दिन भित्र उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समिति झापाले आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा मंगलवार बसेको विपद् व्यवस्थापन समितिको बैठकले विषयगत कार्यालयलाई सात दिन भित्र क्षतिको विवरण उपलब्ध गारउन आग्रह गरेको हो ।

बाढीका कारण झापामा पाँच हजार भन्दा बढी परिवार प्रभावित भएको प्रारम्भीक अनुमान गरिएको छ भने बैठकले विभिन्न नौं वटा निर्णयसमेत गरेको छ ।

वैठकले कृषि तथा पशु एवम् सडक , पुल, खानेपानी , विद्युत लगायतका पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण सम्वन्धित विषयगत कार्यलयले सात दिन भित्र तयार गरी जिल्ला प्रशासन कार्यालय झापामा उपलब्ध गराउन आग्रह गरेको हो ।

त्यस्तै डुवानमा परी जिल्लाका झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका , शिवसताक्षी नगरपालिका, लगायतका स्थानीय तहमा धेरै घरहरु डुवानमा परेको सयौं परिवार अस्थायी रुपमा विस्थापित हुनु परेको , धान तथा अन्य खेती वाली र पशुधन समेत क्षति भएको अवस्थामा स्थानीय तहबाट मात्र राहत वितरण सम्भव नहुने भएकाले जिल्ला तहबाट पनि राहत जुटाई स्थानीय तहमा आवश्यकता र प्राथमिकताका आधारमा राहत सामग्री पठाउने र सम्वन्धि स्थानीय तहको नेतृत्वमा पारर्दशी ढंगले बितरण गर्ने निर्णय भएको हो ।

वैठकले राहत बितरणको समयमा आवश्यक शान्ति सुरक्षाको प्रवन्ध नेपाल प्रहरी र सशस्त्र प्रहरीले मिलाउने , प्रभावित परिवारको यर्थाथ विवरण स्थानीय तह, स्थानीय प्रहरी, रेडक्रस समेतको टोलीले अविलम्व संकलन गरीसक्ने त्यसका लागि आवश्यक सहजीकरण नेपाल रेडक्रस सोसाइटीले गर्ने निर्णय गरिएको छ ।

बैठकले वाढी डुवान प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या हुन नदिन स्वास्थ्य कार्यालय र प्रादेििसक अस्पतालको अगुवाइमा निजी क्षेत्रका स्वास्थ्य संस्थाहरु समेतको सहभागीतामा स्वास्थ्य टोलीहरु यथाशीघ्र खटाउने तथा कतै स्वास्थ्य समस्या देखिए तत्काल विशेषत्र सहितको टोली खटाउने निर्णय भएको हो । विपद् प्रभावितले कही कतै राहतको अभावमा कठिनाई भोगिरहेको जानकारी भएमा तत्काल सम्वन्धित स्थानीय तहका प्रहरी, तथा जनप्रतिनिधिसंग सम्पर्क राख्न सक्ने निर्णय गरेको छ ।

विपदका वेला सहयोग गर्न इच्छुक दातृ निकाय तथा अन्य संघ संस्था महानुभावहरुलाई जिल्ला प्रशासन कार्यालयसंग अनुमति तथा सहमति लिएर तोकिएको स्थानीय तहमा गई स्थानीय तहको संयोजनमा राहत वितरण गर्न सक्ने व्यवस्था गरिएको जानकारी गराउने तथा सम्वन्वय नगरी आफूखुसी राहत वितरण गर्न जाने तथा प्रचार प्रशारका लागि मात्र वितरण गर्न खोज्ने कार्य पूर्णत नियन्त्रण गर्ने विपद् व्यवस्थापन समितिको वैठकले निर्णय गरेको छ ।

वैठकले डुवानमा परी ओढ्ने ओच्छ्याउने, खाद्यन्य लगायतका सामग्री पूर्णत नस्ट भएको अवस्था रहेकाले स्थानीय तह तथा जिल्ला स्तरबाट जुटाउने सामग्रीले मात्र पर्याप्त नहुने भएकाले तत्कालका लागि एक हजुर पाँच सय परिवारलाई पुग्ने खाद्य सामग्री तथा एक हजार थान व्लाङ्केट , एक हजार थान, मेट्रेस उपलब्ध गराई दिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश विराटनगरसंग अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले विपद् संवेदनशील सामजिक रक्षा तथा राहत वितरण मापदण्ड २०८१ समेतलाई ध्यानमा राखी तत्कालका लागि पूर्ण प्रभावित परिवारलाई प्रति परिवार २५ केजी चामल सोना मन्सुली,दुई केजी दाल, दुई केजी नुन, एक लिटर तेल, पाँच केजी आलु, खाने पानी आवस्यकता अनुसार एक काटुन, व्लाङ्केट दुई थान, ओच्छ्याउने म्याट्रेस दुई थान उपलब्ध गराउने निर्णय भएको छ ।

राहत उपलब्ध गराउन इच्छुक संघ संस्था तथा निकायलाई समेत सोही व्यहोरा जानकारी गराउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here