बिर्तामोड, मारवाडी सेवा समिति बिर्तामोडले एकका लागि एक अभियान मार्फत बाढी डुबान पीडित परिवारलाई राहत सहयोग प्रदान गरेको छ ।
राहत प्याकेट वापतको एक लाख ६३ हजार दुई सय रुपैयाँ समितिका कार्यवहाक अध्यक्ष बिनय गोयलेसहितको टोलीले बुधबार एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई प्रदान गर्यो । अभियानका संयोजक गिरीले धन्यवाद ज्ञापन गर्दै थप सहयोगका लागि सबैमा अपिल गरे ।






























