झापा गाउपालिकाका ६३६ परिवारलाई राहत वितरण

0
31

झापा, बाढीबाट प्रभावित भएका झापा गाउँपालिकाका छ सय ३६ परिवारलाई बुधबार राहत वितरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको उपस्थितिमा ‘एकका लागि एक अभियान’को अगुवाईमा गाउँपालिकाको वडा नम्वर १ र २ का छ सय ३६ परिवारलाई राहत बितरण गरिएको हो । उनीहरुलाई प्रतिपरिवार एक बोरा चामल, तेल एक लिटर, नुन दुई केजी, आलु पाँच केजी, दाल दुई केजी, पानी एक काटुन, म्याट्रेस दुई थान र कम्बल दुई थान वितरण गरिएको हो ।


जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार उनीहरुलाई एकद्वार प्रणाली अन्तरगत राहत वितरण गरिएको प्रजिअ अधिकारीले जानकारी दिए । झापा गाउँपालिकाको वडा नं. १ को मिलनबस्तीका ८९, सालमाराका दुई सय ८८, वडा नं. २ को सुगाबथानका ६६ र कुवाडीका एक सय ९३ परिवारलाई प्याकेज अनुसार राहत वितरण गरिएको थियो । वडा नं. १ का बाढीपीडितका लागि नेपाल रेडक्रस सोसाइटीको भवन र वडा नं.२ का लागि इलाका प्रहरी कार्यालय कुमरखोदबाट राहत वितरण गरिएको हो ।

एकका लागि एक अभियानको अगुवाईमा संकलित रकमबाट झापा गाउँपालिकाका बाढी, डुबान पीडितमध्ये पाँच सय परिवारलाई राहत प्याकेट (प्रति परिवार तीन हजारभन्दा बढीको खाद्यान्न र गैर खाद्यान्न सामग्री) वितरण गरिएको एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

अभियानका तर्फबाट करिब एक हजार परिवारलाई राहत प्याकेट जुटेको छ भने अभियानको अगुवाईमा अझै एक हजार परिवारलाई राहत जुटाउन आवश्यक रहेको संयोजक गिरीले बताए । एकका लागि एक अभियानले मात्रै दुई सय परिवारका लागि राहत उपलब्ध गराएको संयोजक गिरीले जानकारी दिए ।
राहत वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बू, राष्ट्रिय अनुसन्धान कार्यालय झापाका उप अनुसन्धान निर्देशक उमेश पाण्डे, सशस्त्र प्रहरी वल नेपाल २ नम्वर गणका सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, अरिदमन गणका गणपति प्रमुख सेनानी सरोज थापा, झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलिया, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीसहित विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिले राहत वितरण गरेका थिए ।

कार्यक्रममा राहत वितरण कार्य व्यवस्थित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रजिअ अधिकारीले सुरक्षा निकाय, स्थानीय सरकार, नेपाल रेडक्रस सोसाइटी लगायत सबैलाई धन्यवाद दिएका थिए ।

कसरी जुट्दैछ राहत ?

‘एकका लागि एक अभियान’को अगुवाईमा झापामा राहत जुट्नेक्रम जारी छ । विपद्पछि बसेको बैठकले राहत जुटाउन आम नागरिकसँग आह्वान गरेको थियो । सोही अनुसार एकका लागि एक अभियानको तर्फबाट दुई सय परिवारका लागि राहत प्रदान गर्ने निर्णय भएको थियो ।

यो सँगै सहारा नेपाल र फेयरमेड फाउन्डेशनले तीन सय परिवार, अन्तर्राष्ट्रिय झापाली समाजले एक सय परिवार, झापाली समाज कुवेत ५५ परिवारले रु.१,७१०००, मारवाडी सेवा समिति बिर्तामोडले रु. १,६३२००, न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी)ले ५० परिवार, अर्जुनधारा जलेश्वरधामले रु.५१,०००, बिर्तामोड चिल्ड्रेन हस्पिटलले रु.५१,०००, वैदेशिक रोजगार व्यवसायी संघ झापाले रु.५१,०००, समर्पित फाउन्डेशन बिर्तामोडले रु. ५१,०००, रोटरी कल्व अफ बिर्तामोडले रु. ५१,०००, डम्बर देउजा चारपानेले रु.५०,०००, झापा उद्योग संघले रु.५०,०००, बिपीन बजगाँईले रु.३०,०००, रोट्राक क्लव अफ बिर्तामोडले रु.२१,०००, प्रतिबद्धता व्यक्त भई संकलन भइरहेको थियो ।

त्यस्तै झापाका सबै लायन्स क्लवहरुबाट रु.१,५१,०००, लोकनाथ चम्लागाँई बाह्रदशीबाट २० परिवार, इनरह्विल क्लवले रु.२५,०००, गैरखाद्यतर्फ रोनक वंशलले दुई सय थान ब्ल्याङ्केट, रोटरी क्लव अफ मिडटाउन र रोट्राक क्लव अफ मिडटाउन बिर्तामोडबाट पाँच सय प्याकेट हाइजिन किट, आरएसके सेल्टर अभियानबाट १० सामुहिक २५ व्यक्तिगत गरी ३५ सेल्टर बनाउने प्रतिवद्धता सहित राहत जुटाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here