सुरेन्द्र भण्डारी
झापा , झापा गाउँपालिका –३ निवासी चन्द्र बस्नेतले लगाएको केरा खेती सानोमाई खोलामा आएको बाढीले सखाप बनायो ।
गत असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि सानोमाई खोला उर्लिएर पानीको भंगालो बस्ती छिर्दा रंगपुरका कृषक बस्नेतको केरा बगान पूर्ण रुपमा नष्ट भयो । डुबानसँंगै सानोमाई खोलाले बगाएर ल्याएको लेदोले केरा बगान पुर्दा बस्नेतले लगाएका २२ हजार केराका घरी पूर्ण रुपमा नष्ट भए । ३० विगाह क्षेत्रफलमा लगाएको केरा खेती नष्ट हुँदा आफूलाई एक करोड रुपैयाँ बरावरको क्षति भएको बस्नेतको भनाइ छ ।

दशकौँदेखि बाढीको चपेटामा पर्दै आएका झापा गाउँ पालिकाका सुगाबथान, सडकबारी, कुवाडी, सेतुमारी, समिलबाडीलगायतका मानिस सानोमाई खोलामा आएको असोजे भेलसँं गै विस्थापित भएका छन् । विस्थापित भएका मध्ये अझैपनि अधिकांश परिवार पुनस्थापित हुन सके का छै नन् ।
उनीहरुको वास पालमुनि छ । बाढी र डुवान प्रभावितहरुका लागि जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा ‘एकका लागि एक अभियान’ झापा लगायतका संघ संस्थाले राहत सामग्री बितरण गरिरहेका छन् । बुधवार र विहीवार मात्रै झापा गाउँपालिकाका झण्डै एक हजार परिवारलाई राहत सामग्री बितरण गरिएको छ ।
त्यही भीडमा बस्नेत पनि राहत सामग्री बोकेर पीडितलाई सान्त्वना दिँदै आफैं राहत सामग्री बितरण गरिरहेका छन् । उनी भन्छन्– मेरो पनि ३० विगाह क्षेत्रफलमा लगाएको केरा बगान बाढीले सखाप बनायो । नआत्तिनु, जे हुन्छ राम्रैका लागि हुन्छ । हामीले हिम्मत हार्नु हुन्न । म पनि तपाईहरु जस्तै पीडित छु । मन दह्रो बनाएर तपाईहरु समक्ष दुःख बाँडन राहत सामग्री स्वरुप केरा लिएर आएको छु ।’
बाढीले लतार्न बाँकी रहेका सग्ला केरा लिएर बस्नेत अहिले दिनहुँ पीडितलाई राहत बितरण गर्न पुग्छन् । विभिन्न संघ संस्थाले चामल, नुन, तेल, त्रिपाल, ब्लाङ्केट, म्याट्रेस जस्ता सामग्री राहत स्वरुप प्रदान गरेपनि तत्काल खानका लागि केरा उपयोगी भएपछि बाढी र डुबान पीडितको मुहार हसिँलो देखिन्छ ।
आफैं दुःखमा परेको बेला अरुलाई राहत बाँड्दै हिँड्ने बस्नेतको यो उदाहरणीय र प्रशंसनीय कार्यको अहिले झापामा चर्चा छ । आफ्नो बगानका २२ हजार घरी केरा सखाप हुँदासमेत निराश नभई अरुलाई राहत बाँड्न हिँडेपछि बाढी पीडितलाई समेत प्रेरणा मिलेको राहत बितरण कार्यमा खटिएका नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए । ‘सबैभन्दा ठू्लो कुरा मन रहेछ’ –ढकालले भने – बस्नेतजीलाई बाढीले केरा खेती नै सखाप बनाउँदा कति ठूलो चोट परेको छ यस्तो अवस्थामा पनि मानवीय सेवामा समर्पित हुनु चानचुने कुरा होइन ।
३८ वर्षीय वस्नेत बालवालिका तथा वृद्धवृद्धालाई खोजी–खोजी केरा बितरण गर्छ न् । बाढीबाट जो गिएका केरा पिकअपमा लिएर बाढी प्रभावितलाई आफैं बितरण गरिरहेका छन् ।
बी राज नेपालको शब्द, अशोक दर्जी र टंक बुढाथोकीको स्वरमा सजिएको ‘मन बिनाको धन ठूलो कि, धन बिनाको मन’ बोलको गीतले भनेझैं बाढी पीडित बस्नेत आफैं राहत बितरणमा खटिएपछि झापामा राहत जुट्ने क्रम जारी छ । जिल्ला प्रशासन कार्यालय झापाले एकद्वार प्रणाली मार्फ त स्थानीय पालिकासँंग समन्वय गरेर मात्र राहत बाँड्ने निर्णय गरेसंँगै अहिले बाढी र डुवान पीडितका लागि देश तथा विदेशमा रहेका विभिन्न संघ संस्थाले पालिकासँंग समन्वय गरिरहेको झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले बताइन् ।
को हुन् बस्नेत ?
झापामा व्यवसायिक केरा खेती शुरु गर्ने बस्नेत झापा गाउँपालिका –३ का स्थायी बासिन्दा हुन् ।
२०७४–०७५ सालमा ‘लर्न एण्ड अर्न’ (सिक्दै कमाउँदै) कार्यक्रम अन्तर्गत इजरायल पुगेका उनले त्यहाँबाट फर्किएपछि २०७६ सालबाट झापामा व्यवसायिक केरा खेती शुरु गरेका हुन् । ‘एग्री सेन्टर झापा’ नामको कम्पनी दर्ता गरेर १० कठ्ठा क्षेत्रफलमा केरा खेती शुरु गरेका उनले हाल ३० विगाह क्षेत्रफलमा केरा खेती गर्दै आएका छन् ।
उनले आफूले मात्र केरा खेती गरेनन् गाउँका अन्य २० परिवारलाई समेत केरा खेतीमा आवद्ध गराएका छन् । इजरायलमा सिकेको सिपलाई व्यवहारमा उतार्दै गाउँलेलाई समेत व्यवसायिक केरा खेतीमा प्रेरित गरेका बस्नेतलाई २०८१ सालमा नेपाल सरकारले ‘उत्कृष्ट युवा किसान’ को पुरस्कार प्रदान गरेको थियो ।
बस्नेतकै अगुवाइमा भएको केरा खेतीका कारण झापाको रंगपुर गाउँलाई सरकारले केरा खेती पकेट क्षेत्रसमेत घोषणा ग¥यो । व्यवसायिक केरा खेतीमा सक्रिय रहेका बस्नेतले यो वर्ष ६३ हजार घरी केरा उत्पादन गर्दै बिक्री गर्ने लक्ष्य लिएका थिए । तर, सानोमाई खोलामा आएको असोजे भेलले उनको सपना मात्रै पुरेन एक करोड रुपैयाँ बरावरको क्षति नै गरायो ।
बाढीका कारण बस्नेतको एग्री सेन्टर झापासहित पूजा खनालको साधना संस्कृति नमूना कृषि प्रा.लि, उराउ कृषि उपज, समृद्धि दिदी–भाइ कृषि फर्म र सुम्निमा पशुपन्छी तथा कृषि फर्मलगायत झापाका कृषकको करोडौं रुपैयाँकोे क्षति पु¥याएको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । उनले बाढीका कारण क्षति पुगेको कृषकको सबै विवरण संकलन गर्ने कार्य भइरहेको समेत बताए ।





























