झापा , झापा गाउँपालिकाका बाढी पीडितका लागि झापा जेसीजले ९० बोरा चामल हस्तान्तरण गरेको छ ।
एक लाख ५५ हजार रुपैयाँ बरावरको राहत सामग्री झापा गाउँपालिकाकी कार्यवहाक अध्यक्ष अञ्जुदेवी थपलिया र एकका लागि एक अभियान झापाका सदस्य लीला चिमरियालाई हस्तान्तरण गरिउको थियो ।
झापा जिल्ला भित्र रहेका १८ वटा शाखा तथा जेसीजका पूर्व अध्यक्ष समाज सँगको समन्वयमा राहत सामग्री प्रदान गरिएको थियो ।
कार्यक्रमका संयोजक डा. मुकेशकुमार शाहले बाढीपीडितको सहयोगका लागि सबै शाखा, संस्था र व्यक्तिहरूको उल्लेखनीय योगदान रहेको बताएका थिए ।
कार्यक्रममा सुरुङ्गा जेसीजका अध्यक्ष दिपेन्द्र प्रधान, वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्य, धुलाबारी जेसीजका अध्यक्ष दिलिप भण्डारी र पूर्व अध्यक्ष समाजका अध्यक्ष रमेश पोखरेल लगायतको उपस्थितिमा कार्यक्रमसम्पन्न भएको थियो ।
त्यसैगरी, सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष शिव कडेल, कमल कट्टेल, तथा पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष कुमारसिंह सावाँको आतिथ्य रहेको थियो।
बाढी पीडितको सहयोगार्थ कंगारू एजुकेशन फाउण्डेशनले २१ हजार प्रदान गरेका थिए । सो रकम विशाल कार्की, आषिश संग्रौलाले प्रदान गरेका थिए ।
त्यस्तै एनआरएनए भीए च्याप्टर पाष्ट प्रेसिडेन्ट बिशाल कार्कीले २५ हजार, एनआरएनए एनसीसी युथको अडिनेटर आशीष संग्रौला तथा भोइस प्रेसिडेन्ट झापाली समाज युएसएले १५ हजार रुपैयाँ प्रदान गरेका थिए ।
सहयोग उपलब्ध गराउने सबैलाई झापा जेसीजले धन्यवाद ज्ञापन गरेको छ ।





























