झापाका बाढी प्रभावितका लागि नेकपा एमाले बाह्रदशीको सहयोग

0
51

झापा । नेपाल कम्युनिष्ट पार्टी एमाले, बाह्रदशी र राष्ट्रिय युवा संघ नेपाल बाह्रदशीले झापा गाउँपालिकाका बाढी तथा डुवानका कारण प्रभावित भएका परिवारका लागि राहत सामग्री प्रदान गरेको छ ।


सहयोग सामग्री खरिदका लागि गाउँपालिकाका कार्यवहाक अध्यक्ष अञ्जुदेवी थपलिया, प्रमुख प्रशासकीय अधिकृत जर्नादन निरौलालाई ४७ हजार रुपैयाँ रुपैंया बराबारको खाद्यन्न लगायतका सामग्री प्रदान गरिएको बताइएको छ । चामल २५ बोरा, नुन ४० केजी, पानी २५ कार्टुन लगायतका सामग्री प्रदान गरिएको नेकपा एमाले बाह्रदशी गाउँकमिटी अध्यक्ष अनिल सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार राहत रकम हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौला, नेकपा एमाले झापा अध्यक्ष मोहन घिमिरे, युवा संघ झापा अध्यक्ष अशोक राई लगायतको उपस्थिति रहेको थियो ।
राहत खरिदका लागि पार्टीका विभिन्न तहमा रहेका व्यक्तिले स्वतर्फूत रुपमा रकम प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here