१३ वर्षीया बालिकालाई गर्भवती बनाएपछि ….

0
49

झापा । झापामा १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गौरादह नगरपालिका ५ कटकपुर निवासी १८ वर्षीय राघब धमला रहेका छन् ।

उनले गत चैत २५ गते आफ्नै घर नजिकमा रहेको बाँसघारीमा लगेर १३ वर्षीया वालिकालाई जबरजस्ती करणी गरेको बताइएको छ । डर, त्रास देखाई नाबालिकामाथि करणी भएको र नाबालिका गर्भवती भएसंगै घटना बाहिरिएको प्रहरीले जनाएको छ ।
पीडितकी आमाले इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएपछि धमलालाई प्रहरीले पक्राउ गरेको र इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर अनुसन्धान शुरु गरिएको बताइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here