बिर्तामोड ।

झापाको बिर्तामोडबाट ११ जना जुवाडे पक्राउ परेका छन् ।
बिर्तामोड ८ किसनभिट्टास्थित ओमनाथ उप्रेतीको घरको दोस्रो तलामा जुवाजन्य तास खेलिरहेको अबस्थामा उनीहरु पक्राउ परेका हुन् ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले घरधनी उप्रेतीसहितलाई जुवाजन्य तास खेलिरहेको अवस्थामा एक बुङ तास, नगद दुई लाख १५ हजार ५५० रुपैयाँ र ९ थान मोबाइलसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा घरधनी उप्रेतीसहित बिर्तामोड नगरपालिका–८ काली प्रसाद राजवंशी, भानु दाहाल, राजन भट्टराई, दिलिप प्रसाद राजवंशी, निरज रोक्का रहेका छन् ।
यसैगरी बिर्तामोड–८ का मनिष पौडेल, कुबेर मैनाली, मनोज पौडेल, स्वस्तिक ओली र प्रितम उप्रेती पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।





























